विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल २० खेलमै यो उपलब्धि हासिल गरेका २७ वर्षीय एम्बापे विश्वकपमा २० गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन्।
यसअघि अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले ३८ वर्षको उमेरमा विश्वकपमा २० गोलको आँकडा पूरा गरेका थिए। सर्वाधिक विश्वकप गोलकर्ताको सूचीमा एम्बापे अहिले मेसीभन्दा एक गोलले मात्र पछाडि रहेका छन्।
गोल्डेन बुटको प्रतिस्पर्धामा पनि एम्बापेले पुनः अग्रता बनाएका छन्। मेसी र एम्बापे दुवैले समान आठ–आठ गोल गरेका भए पनि बढी एसिस्टका आधारमा एम्बापे शीर्ष स्थानमा छन्।
यससँगै एम्बापेले अर्को ऐतिहासिक उपलब्धि पनि आफ्नो नाममा दर्ता गरेका छन्। उनी विश्वकपका दुई फरक संस्करणमा आठ वा सोभन्दा बढी गोल गर्ने पहिलो खेलाडी बनेका हुन्। अघिल्लो विश्वकपमा पनि आठ गोलसहित उनले गोल्डेन बुट जितेका थिए भने फाइनलमा अर्जेन्टिनाविरुद्ध ह्याट्रिक गर्दै विशेष कीर्तिमानसमेत कायम गरेका थिए।
एम्बापे दुई फरक विश्वकप संस्करणमा दोहोरो अङ्कमा गोल र एसिस्टको योगदान गर्ने पहिलो खेलाडी पनि बनेका छन्। अघिल्लो संस्करणमा आठ गोल र दुई एसिस्ट गरेका उनले यसपटक आठ गोलसँगै तीन एसिस्ट गरिसकेका छन्।
विश्वकपको नकआउट चरणमा सर्वाधिक १२ गोल गर्ने कीर्तिमानसमेत अहिले एम्बापेकै नाममा छ। यस सूचीमा ब्राजिलका लियोनिडास र रोनाल्डो समान आठ–आठ गोलसहित दोस्रो स्थानमा रहेका छन्।
फ्रान्सका लागि विश्वकपमा सर्वाधिक २० खेल खेल्ने ह्युगो लोरिसको कीर्तिमान पनि एम्बापेले बराबरी गरेका छन्। सेमिफाइनलपछि उनी फ्रान्सका लागि विश्वकपमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडी बन्नेछन्।
एम्बापे फ्रान्सका सर्वाधिक गोलकर्ता पनि हुन्। उनले राष्ट्रिय टोलीका लागि १०४ खेलमा ६४ गोल गरिसकेका छन्। विश्वकप सुरु हुनुअघि उनी फ्रान्सका पूर्व स्ट्राइकर ओलिभर जिरुभन्दा पछाडि थिए।
Comments
अरु समाचार
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
युवापुस्ताको मनोविज्ञान बुझेर पार्टीका नीति र कार्यक्रम परिमार्जन गरिनुपर्छ: शंकर पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रविधिसँगै हुर्किएको युवापुस्ताको मनोविज्ञान बुझेर राजनीतिक दलहरूले आफ्ना नीति, कार्यक्रम र कार्ययोजना...
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...












