गणेश नेपालीको परिवार र सरकारबीच ९ बुँदे सहमति, छोरीको शिक्षादेखि श्रीमतीलाई रोजगारीसम्म व्यवस्था
काठमाडौं ।आत्मदाह गरेका मुगुका गणेश नेपालीको परिवार र सरकारबीच नौ बुँदे सहमति भएको छ । सहमतिअनुसार घटनाको सत्यतथ्य र निष्पक्ष छानबिन गर्न सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन गर्ने भएको छ। उक्त समितिले गठन भएको सात दिनभित्र प्रतिवेदन सरकारसमक्ष पेश गर्नेछ। सहमतिअनुसार स्वर्गीय गणेश नेपालीलाई सहिद घोषणा गर्ने विषयमा प्रचलित कानुन, विगतको अभ्यास तथा छानबिन समितिको प्रतिवेदन र सिफारिसका आधारमा आवश्यक निर्णय प्रक्रिया अघि बढाइनेछ।
घटनाको दिन घटनास्थलमा अग्रभागमा खटिएका काठमाडौं महानगरपालिकाका महानगरीय प्रहरी बलका कर्मचारीलाई छानबिन आयोगको प्रतिवेदन र सिफारिसअनुसार आवश्यक कारबाही हुने गरी हालका लागि निलम्बन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत महानगरपालिकालाई पत्राचार गरिने भएको छ।
सहमतिअनुसार काठमाडौं महानगरपालिकाको आगामी कार्यपालिका बैठकबाट मृतककी श्रीमतीलाई योग्यता र क्षमताका आधारमा रोजगारी सुनिश्चित गरिनेछ। साथै, मृतककी छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण खर्च महानगरपालिकाले व्यहोर्ने व्यवस्था मिलाइनेछ, जसका लागि नेपाल सरकारका सम्बन्धित निकायहरूले आवश्यक समन्वय गर्नेछन्।
त्यसैगरी, मृतकको आश्रित परिवारलाई राहतस्वरूप यथोचित आर्थिक सहायता उपलब्ध गराउने निर्णय पनि महानगरपालिकाको आगामी कार्यपालिका बैठकबाट गरिनेछ।मृतकको अन्तिम संस्कार तथा काठमाडौंमा हुने काजक्रियाका सम्पूर्ण व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने सहमति भएको छ। साथै, पीडित परिवारले शव बुझ्ने, पोस्टमार्टमलगायतका कानुनी प्रक्रियामा सहयोग गर्ने र सद्गतको जिम्मेवारी लिने उल्लेख गरिएको छ।
सहमतिअनुसार मृतकका एकाघरका परिवारजनको काठमाडौं आउजाउ (यातायात) खर्च तथा काजक्रियाको अवधिभर बसोबास र खानपिनलगायत सम्पूर्ण खर्च काठमाडौं महानगरपालिकाले व्यहोर्नेछ। यस्तै, मृतकका एकाघरका परिवारको स्वास्थ्य बिमा गर्ने व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमार्फत मिलाइने सहमतिमा उल्लेख गरिएको छ।
Comments
अरु समाचार
-
अर्जेन्टिना सातौँ पटक विश्वकपको सेमिफाइनलमा, आइतबार स्विट्जरल्यान्डविरुद्ध ३–१ को जित
काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। अमेरिकाको कान्सास सिटी स्टेडियममा आइतबार बिहान...
-
इरानले होर्मुज जलमार्ग बन्द गरेपछि अमेरिका थप आक्रामक
काठमाडौं । इरानले स्ट्रेट अफ होर्मुज बन्द गरेपछि विश्वमा थप तनाव बढेको छ । इरानले अर्को सूचना नआएसम्मका लागि विश्वकै...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...











