‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन सडक कार्यालय भक्तपुरले राजमार्ग कुनै कारणले अवरुद्ध भएमा आधा घण्टाभित्रै पुनः सञ्चालनमा ल्याउने गरी आवश्यक तयारी पूरा गरिएको जनाएको छ।
कार्यालयका अनुसार पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ। केही दिनभित्रै पुनर्निर्मित ट्र्याकबाटै पूर्ण रूपमा सवारी सञ्चालन गरिनेछ। वर्षायामलाई लक्षित गर्दै आवश्यक मेसिन, उपकरण र जनशक्ति तयारी अवस्थामा राखिएको कार्यालयले जनाएको छ।
कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार विगतमा वर्षा सुरु हुनासाथ राजमार्ग अवरुद्ध हुने समस्या दोहोरिने गरेको थियो। अहिले भने सकेसम्म सडक अवरुद्ध हुन नदिने र अवरोध भए पनि अधिकतम ३० मिनेटभित्र यातायात सञ्चालनमा ल्याउने व्यवस्था मिलाइएको छ।
उहाँले साविककै मार्गमा पुनर्निर्माण गरिएका अधिकांश खण्डबाट सवारी सञ्चालन भइरहेको जानकारी दिनुभयो। यसअघि रोशी खोलामा बनाइएका अस्थायी डाइभर्सन बाढीले बगाउँदा सडक पटक–पटक अवरुद्ध हुने गरेको थियो।
हाल चौकीडाँडादेखि कटुञ्जेबेँसी, लाष्कोट, चारसयबेँसी, नार्के, चिउरीबास, बोक्सीकुना हुँदै पिप्लेसम्म पुरानै ट्र्याकबाट सवारी सञ्चालन भइरहेको छ। चौकीडाँडा, चारसयबेँसी, घुमाउनेबेँसी, बोक्सीकुना, चिउरीबास, कालढुङ्गा तथा पिप्ले–बर्खेखोला क्षेत्रलाई उच्च जोखिमयुक्त स्थानका रूपमा चिनिएको छ। ती स्थानमा ग्राभेल बिछ्याउने र ठूला ढुङ्गा राखेर सडकलाई सुरक्षित बनाउने काम भइरहेको छ।
गत वर्षको असोजमा आएको बाढीपहिरोले भकुन्डेबेँसीदेखि नेपालथोकसम्म करिब ३० किलोमिटर सडकमा क्षति पुर्याएको थियो। त्यसबेला रोशी खोलामा बनाइएका अस्थायी डाइभर्सनहरू पनि बाढीले बगाउँदा सवारी आवागमन पटक–पटक प्रभावित बनेको थियो।
क्षतिग्रस्त चार खण्डमध्ये बर्खेखोलादेखि पिप्लेसम्मको ३.२ किलोमिटर सडक जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को सहयोगमा पुनर्निर्माण भइरहेको छ। उक्त खण्डमा माटो भर्ने र ठूला बोल्डर राख्ने काम जारी छ। काभ्रेपलाञ्चोकतर्फ तीन र सिन्धुलीतर्फ एक गरी चार प्याकेजमा निर्माण सम्झौता गरिएको छ।
पुनर्निर्माणपछि सडक दुई लेनको हुनेछ। हाल सञ्चालनमा रहेको पुलसँगै नयाँ पुल निर्माण गरिनेछ भने पाँच वटा पुललाई पनि दुई लेनमा विस्तार गर्ने योजना रहेको कार्यालयले जनाएको छ। कुल २९.५ किलोमिटर क्षतिग्रस्त सडकमध्ये बर्खेखोला–पिप्ले खण्ड पुनर्निर्माणका लागि जाइका मार्फत दुई अर्ब ६३ करोड रुपैयाँ बराबरको अनुदान उपलब्ध गराउने सहमति भएको छ। जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ देखि धुलिखेल–सिन्धुली–बर्दिबास जोड्ने १६० किलोमिटर लामो बिपी राजमार्ग निर्माण सुरु गरिएको थियो।
Comments
अरु समाचार
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ
काठमाडौं । जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवास नजिकबाट...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...












