पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस साइन्स एन्ड टेक्नोलोजी कर्पोरेशनका अनुसार ‘लङ मार्च–१०बी’ रकेट स्थानीय समयअनुसार आज दिउँसो १२स्१५ बजे दक्षिण चीनको हाइनानबाट प्रक्षेपण गरिएको थियो।
प्रक्षेपणपछि करिब ६ मिनेटमा रकेटको माथिल्लो भागबाट छुट्टिएको ‘बुस्टर’ ठाडो रूपमा पृथ्वीमा फर्केर समुद्रमा रहेको तैरिने प्लेटफर्ममा सुरक्षित रूपमा अवतरण गर्न सफल भएको बीबीसीले जनाएको छ।
यस उपलब्धिसँगै चीन पुनः प्रयोग गर्न मिल्ने रकेट प्रविधिमा महत्वपूर्ण चरणमा पुगेको छ। यसअघि अमेरिकी कम्पनी स्पेसएक्स र जेफ बेजोसको ब्लू ओरिजिनले यस्ता सफल अवतरण गरिसकेका छन्। चीनको यो सफलता अमेरिकाको अग्रताप्रति चुनौतीका रूपमा पनि हेरिएको छ।
सामान्यतया रकेटका विभिन्न भाग प्रक्षेपणका क्रममा छुट्टिएर नष्ट हुने भएकाले अन्तरिक्ष मिसनको लागत महँगो पर्ने गर्छ। तर सबैभन्दा मूल्यवान् मानिने ‘बुस्टर’ पुनः प्रयोग गर्न सकिएमा स्याटेलाइट प्रक्षेपण तथा अन्तरिक्ष अनुसन्धानको खर्च उल्लेख्य रूपमा घटाउन सकिन्छ।
स्पेसएक्सले सन् २०१५ डिसेम्बरमा पहिलो पटक ‘फाल्कन–९’ रकेटको बुस्टर सफलतापूर्वक अवतरण गराएको थियो भने ब्लू ओरिजिनले सन् २०२५ नोभेम्बरमा ‘न्यू ग्लेन’ रकेट अवतरण गराएको थियो।
कम उचाइको पृथ्वीको कक्षसम्म कम्तीमा १६ मेट्रिक टन भार पुर्याउन सक्ने क्षमता रहेको ‘लङ मार्च–१०बी’ लाई स्पेसएक्सको ‘फाल्कन–९’सँग तुलना गरिएको छ। यद्यपि, यो रकेटले जमिनको प्याड वा ड्रोन जहाजमा प्रत्यक्ष अवतरण गर्ने प्रणाली प्रयोग गर्दैन। यसको सट्टा रकेटमा जडान गरिएका ‘ल्यान्डिङ हुक’ले तैरिरहेको प्लेटफर्ममा रहेको विशेष जाली समातेर सुरक्षित अवतरण गर्ने प्रविधि अपनाइएको छ।
Comments
अरु समाचार
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
युवापुस्ताको मनोविज्ञान बुझेर पार्टीका नीति र कार्यक्रम परिमार्जन गरिनुपर्छ: शंकर पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रविधिसँगै हुर्किएको युवापुस्ताको मनोविज्ञान बुझेर राजनीतिक दलहरूले आफ्ना नीति, कार्यक्रम र कार्ययोजना...
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
अपाङ्गता भएका २४ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर
काठमाडौं । अपाङ्गता भएका बालबालिकामध्ये २४ प्रतिशत बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् । भौगोलिक अवस्था, विद्यालयसम्मको पहुँच, अपाङ्गतामैत्री पूर्वाधारको अभाव,...












