ताजा समाचार

बैंकर ज्योति पाण्डेलाई मातृशोक

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।

उनीहरुकी आमा इन्दिरा पाण्डेको मंगलबार बिहान निधन भएको हो। लामो समयदेखि स्वास-प्रस्वास लगायतका रोगबाट पीडित पाण्डेको ९१ बर्षको उमेरमा निधन भएको हो ।

पारिवारिक श्रोतका अनुसार, नर्भिक अस्पतालमा बिहान ८ बजे  पाण्डेको निधन भएको हो। स्वर्गीय पाण्डेको आजै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org