भोटेकोशी बाढी प्रभावित ११ हजारभन्दा बढीको उद्धार, तीन हजार ९२५ जना सम्पर्कविहीन
काठमाडौँ। बाढी प्रभावित विभिन्न क्षेत्रबाट हालसम्म ११ हजारभन्दा बढी नागरिकको उद्धार गरिएको छ। राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले हवाई तथा स्थल माध्यमबाट जोखिममा परेका नागरिकको उद्धार गरिरहेको जनाए । प्रभावित क्षेत्रमा स्थलमार्गबाट खोज तथा उद्धार कार्यलाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले पनि निरन्तरता दिएका छन् ।
उद्धार तथा खोजी कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका २२ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । जोखिमपूर्ण स्थानमा रहेका नागरिकलाई सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्नुका साथै बेपत्ता भएकाको खोजीलाई पनि प्राथमिकताका साथ अगाडि बढाइएको छ ।
बाढीबाट प्रभावित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना क्षेत्रमा पनि खोज तथा उद्धार कार्य जारी छ । आयोजनाबाट हालसम्म २५४ जनाको उद्धार गरिएको छ । आयोजनाको सुरुङभित्र फसेका वा बेपत्ता भएकाको खोजीका लागि नेपाली सेनासहित कोरियाली र चिनियाँ विशेषज्ञ टोली परिचालित छन् ।
प्राधिकरणका अनुसार बाढी तथा पहिरोमा परी हालसम्म ९३९ शव फेला परेका छन् । सबैभन्दा बढी चितवनमा २७९ शव फेला परेका छन् । यस्तै पूर्वी नवलपरासीमा २१६, पश्चिम नवलपरासीमा १६९, नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५५, तनहुँमा ३८ र रसुवामा २३ शव फेला परेका हुन् ।
बाढी तथा पहिरोमा परी अझै तीन हजार ९२५ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ । सम्पर्कविहीनको खोजीका लागि सुरक्षाकर्मी तथा उद्धार टोली विभिन्न प्रभावित क्षेत्रमा परिचालन भइरहेका छन् ।
बाढीमा परी २७९ जना घाइते भएका र १६८ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएको जनाइएको छ । प्रभावित क्षेत्रमा नेपाली सेनाले दुई हजार ७०० जनालाई स्वास्थ्य उपचार सेवा प्रदान गरेको प्राधिकरणले जनाएको छ । उद्धार गरिएका मध्ये २५३ जना विदेशी नागरिक छन् ।
Comments
अरु समाचार
-
कसरी भयो बिचलन: इनमको प्रस्ताव रिट खारेज गर्ने, फुयालको आदेश रिट जारी गर्ने!
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले न्याय सम्पादनको क्रममा बिचौलियाको कुनै पनि किसिमको प्रभाव वा दबाबमा नपरेको स्पष्ट पारेका...
-
बिचौलियाको मेसेज प्रकरण : न्यायाधीश फुयालद्वारा दबाब र प्रभावबिनै न्याय सम्पादन भएको पुष्टि
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले एक कारागारमा रहेका अभियुक्तलाई धरौटीमा छोडेर बिचौलियासँग भेटघाट प्रस्ताव गरेको सन्दर्भको अन्तर्य र...
-
डा. डि.बी. सुनार : विद्यार्थी राजनीतिदेखि नीतिगत बहससम्म
काठमाडौं । नेपाली कांग्रेसका युवा तथा प्राज्ञिक व्यक्तित्व डा. डम्बर बहादुर सुनार (डा. डि.बी. सुनार) विद्यार्थी राजनीतिदेखि नै पार्टी संगठन,...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी, दीपक पुन मगरलाई २ हजार जरिवाना
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिएको ठहर गर्दै रुकुम पश्चिमका दीपक...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...












