भोटेकोशी बाढी: खोज, उद्धार तथा जनधनको क्षतिको पछिल्लो विवरण सार्वजनिक
काठमाडौँ – नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढी सम्बन्धी खोज, उद्धार तथा जनधनको क्षतिको पछिल्लो विवरण सार्वजनिक गरेको छ। प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बाढीका कारण हालसम्म स्वदेशी र विदेशी गरी कुल ४,८९८ जना बेपत्ता भएका छन्।
बेपत्ता हुनेहरूमा स्वदेशी नागरिकतर्फ २,४४८ पुरुष र ४८२ महिला गरी २,९३० जना रहेका छन् भने १,३५० जना फोन सम्पर्कमार्फत बेपत्ताको सूचीमा दर्ता भएका छन्। त्यस्तै, विदेशी नागरिकतर्फ २७४ पुरुष र ३८४ महिला गरी ६९८ जना बेपत्ता भएका छन्।
बाढी प्रभावित क्षेत्रमा हालसम्म १,३४४ वटा शव फेला परेका छन्। जसमा ५२ बालक, ३३ बालिका, २६९ महिला, ४८९ पुरुष र ५०१ जनाको आंशिक अङ्ग रहेका छन्। फेला परेका शवमध्ये १,०३० वटाको जमिनमा गाडेर व्यवस्थापन गरिएको छ।
उद्धार कार्यका क्रममा हालसम्म कुल ८,६३१ जना घाइते तथा प्रभावितको उद्धार गरिएको छ। जसमा स्वदेशी ७,३८७ जना र विदेशी १,२४४ जना रहेका छन्। साथै, बाढी प्रभावित ३,६५५ जनालाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ।
शवहरूको पहिचानका लागि डिएनए संकलनको काम पनि अघि बढाइएको छ। हालसम्म १,२६० मृतक र ९७२ मृतकका आफन्त गरी कुल २,२३२ वटा डिएनए नमुना संकलन गरिएको प्रहरीले जनाएको छ। वेबसाइटमा पहिचान नभएका १,२७० जनाको विवरण अपलोड गरिएको छ।
उद्धार तथा राहत कार्यका लागि ७,९१२ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ। प्रहरीका अनुसार ६५ जना प्रहरी कर्मचारी आफैँ प्रभावित भएका छन् भने २५ जना अझै सम्पर्कविहीन छन्। यसका साथै बाढी प्रभावित क्षेत्रमा १११ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी ४१,८३८ जनालाई सहभागी गराइएको छ।
Comments
अरु समाचार
-
चीन–नेपालबीच ‘जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान’ किन आवश्यक?
काठमाडौँ। चीनले नेपालसँग आपतकालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने जनाएको छ । उद्धार तथा विपद राहत प्रयासका लागि सो...
-
धैर्य, एकता र कर्तव्यका साथ पुनर्निर्माणमा अघि बढ्न प्रधानमन्त्री बालेनको अपिल
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले धैर्य एकता र कर्तव्यका साथ विपद्को स्थितिबाट अघि बढ्न आमनागरिकलाई अपिल गरेका छन् । शुक्रबार सामाजिक...
-
राष्ट्रपति पौडेलले गरे पाटन कृष्ण मन्दिरमा पूजाआराधना
काठमाडौं । श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार साँझ ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन एवं पूजाअर्चना गरेका छन्...
-
वायुसेवा निगमको निमित्त महाप्रबन्धकको जिम्मेवारी ‘जनकराज कालाखेती’लाई
काठमाडौं । नेपाल वायुसेवा निगमको निमित्त महाप्रबन्धकमा नायब महाप्रबन्धक जनकराज कालाखेती तोकिएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कालाखेतीलाई...
-
त्रिशूली थ्री ए सुरुङभित्र मान्छेको आवाज पुष्टि, उद्धार कार्य जारी
काठमाडौं । सांसद श्रीराम न्यौपानेले त्रिशूली थ्री ए सुरुङभित्रबाट मान्छेको आवाज आएको बताएका छन् । भोटेकोशी बाढीपछि अहिले खोज तथा...
-
रसुवा बाढीपछि उद्धार, राहत र पूर्वाधार पुनःस्थापनामा तीव्रता : प्रधानमन्त्री शाह
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हामीले गरेको नगन्य गल्तीको ठुलो सजाय भोगेको बताउनुभएको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढी त्यसैको...
-
चीनले तेस्रो पटक पठायो राहत सामग्री, १० फरेन्सिक विज्ञ पनि आइपुगे
काठमाडौं । रसुवा बाढीबाट प्रभावित क्षेत्रका लागि छिमेकी मुलुक चीनले उपलब्ध गराएको आपतकालीन राहत सामग्रीको तेस्रो खेप बिहीबार नेपाल आइपुगेको...
-
जलवायु संकटको मूल्य नेपालले किन चुकाउने ? : एमाले प्रचार विभाग प्रमुख आचार्य
काठमाडौँ । नेकपा (एमाले) प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जलवायु संकटको प्रमुख कारण नेपाल नभए पनि त्यसको कठोर...
-
बाढी–पहिरोले सात जिल्लाका सडक अवरुद्ध, आवागमनमा समस्या
काठमाडौँ, भदौ १८ गते । लगातारको वर्षाका कारण आएको बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्गको...












