भोटेकोशी बाढी: खोज, उद्धार तथा जनधनको क्षतिको पछिल्लो विवरण सार्वजनिक
काठमाडौँ – नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढी सम्बन्धी खोज, उद्धार तथा जनधनको क्षतिको पछिल्लो विवरण सार्वजनिक गरेको छ। प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बाढीका कारण हालसम्म स्वदेशी र विदेशी गरी कुल ४,८९८ जना बेपत्ता भएका छन्।
बेपत्ता हुनेहरूमा स्वदेशी नागरिकतर्फ २,४४८ पुरुष र ४८२ महिला गरी २,९३० जना रहेका छन् भने १,३५० जना फोन सम्पर्कमार्फत बेपत्ताको सूचीमा दर्ता भएका छन्। त्यस्तै, विदेशी नागरिकतर्फ २७४ पुरुष र ३८४ महिला गरी ६९८ जना बेपत्ता भएका छन्।
बाढी प्रभावित क्षेत्रमा हालसम्म १,३४४ वटा शव फेला परेका छन्। जसमा ५२ बालक, ३३ बालिका, २६९ महिला, ४८९ पुरुष र ५०१ जनाको आंशिक अङ्ग रहेका छन्। फेला परेका शवमध्ये १,०३० वटाको जमिनमा गाडेर व्यवस्थापन गरिएको छ।
उद्धार कार्यका क्रममा हालसम्म कुल ८,६३१ जना घाइते तथा प्रभावितको उद्धार गरिएको छ। जसमा स्वदेशी ७,३८७ जना र विदेशी १,२४४ जना रहेका छन्। साथै, बाढी प्रभावित ३,६५५ जनालाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ।
शवहरूको पहिचानका लागि डिएनए संकलनको काम पनि अघि बढाइएको छ। हालसम्म १,२६० मृतक र ९७२ मृतकका आफन्त गरी कुल २,२३२ वटा डिएनए नमुना संकलन गरिएको प्रहरीले जनाएको छ। वेबसाइटमा पहिचान नभएका १,२७० जनाको विवरण अपलोड गरिएको छ।
उद्धार तथा राहत कार्यका लागि ७,९१२ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ। प्रहरीका अनुसार ६५ जना प्रहरी कर्मचारी आफैँ प्रभावित भएका छन् भने २५ जना अझै सम्पर्कविहीन छन्। यसका साथै बाढी प्रभावित क्षेत्रमा १११ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी ४१,८३८ जनालाई सहभागी गराइएको छ।
Comments
अरु समाचार
-
डा. डि.बी. सुनार : विद्यार्थी राजनीतिदेखि नीतिगत बहससम्म
काठमाडौं । नेपाली कांग्रेसका युवा तथा प्राज्ञिक व्यक्तित्व डा. डम्बर बहादुर सुनार (डा. डि.बी. सुनार) विद्यार्थी राजनीतिदेखि नै पार्टी संगठन,...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी, दीपक पुन मगरलाई २ हजार जरिवाना
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिएको ठहर गर्दै रुकुम पश्चिमका दीपक...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...
-
कांग्रेस उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न, को-को भए विजयी ?
काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणाम अनुसार...
-
पूर्व प्रधानन्यायाधीशदेखि उच्च पदस्थ व्यक्ति जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोप, अख्तियारमा उजुरी
काठमाडौँ। “स्याउको कार्टुनमा करोडौँ रकम ओसार्ने चोलेन्द्र शमशेर जबरामाथि अनुसन्धान गर्ने हिम्मत देखाउने सरकारले सर्वोच्च अदालतबाटै ५ हजार रोपनी सरकारी...












