ताजा समाचार

कोरोला नाकामा तस्करी बढ्दो, तीन शंकास्पद ट्रक भित्रिए नेपाल

काठमाडौं । एकातिर सरकारले राजस्व चुहावट नियन्त्रणको लागि नाकाहरुमा कडाइ गर्ने चेतावनीसहित गरिब नागरिकले सीमापारीबाट किनेर ल्याएका सय रुपैयाँका सामानमा समेत भन्सार कर असुल्ने, अर्कोतिर ठूला व्यापारीले ल्याएका करोडौँका सामानमा अनदेखा गरिदिने ! सुशासन र पारदर्शीताको चर्को नारा लगाउने बालेन साह नेतृत्वको सरकारको विरोधाभास हर्कत हो, यो ।

आम नागरिक कालोबजारी र महंगीको मारमा परिरहेको बेला सीमानाकामा भने ठूला व्यापारीको तस्करी बढ्न थालेको छ । केही दिनअघि मात्र मुस्ताङको कोरला नाकाबाट तीन वटा ठूला शंकास्पद ट्रक नेपाल भित्रिएका छन् । काठमाडौँ आउँदै गरेका ना ३ ख ७२५७, ना ३ ख ४६२६ र ना ७ ख ९४७३ नम्बरका ती ट्रक अहिले बाटोमै रहेको बुझिएको छ ।

ती ट्रकमा सामान्य जुत्ता रहेको बताइए पनि अधिकांश ब्राण्डेड जुत्ता रहेको बताइन्छ । व्यापारीहरुले जुत्ताको वास्तविक मुल्य लुकाएको र नक्कली बिल देखाएर भन्सार छली गरेको स्रोतकाे दावी छ । ‘तीन वटा ट्रक छन्, सबैमा जुत्ता राखिएको छ’, स्रोतले भन्यो, ‘उनीहरुले बिल त देखाएका छन्, तर त्यो बिल सरासर भन्सार छल्न बनाइएको नक्क्ली हो भन्ने प्रष्ट हुन्छ ।’

भोटेकोशी नदीमा आएको बाढीले रसुवागढी नाका बन्द भएपछि पछिल्लो समय कोरला नाकामा मालवाहक गाडीको चाप बढेको छ । ‘त्यसैकाे फाइदा उठाउन खाेजेकाे देखिन्छ, फेरि त्यहाँ गएका भन्सारका कर्मचारी सबै नयाँ हुन्, उनीहरुले थाहा नपाएर छिराए वा प्रलोभपनमा परे, त्यो अनुसन्धान गर्नुपर्छ’, स्रोतले थप्याे । यसरी व्यापारीहरुले नक्कली बिल बनाएर भन्सार छली गरेको घटना भने नौलो होइन । बिलमा एउटा समाना उल्लेख गरेर अर्कै सामान ल्याउने गाडीहरु नियन्त्रणमा लिइएको थुप्रै घटना छन् । गत जेठमा मात्रै जुत्ता ल्याइएको भनिएको गाडीबाट साढे दुई करोड मुल्य बराबरको ५०९ कार्टुन इलेक्ट्रिक चुरोट (भेप) बरामद गरिएको थियो । अहिले काठमाडौँ आउँदै गरेका तीन वटा ट्रकमा ब्राण्डेड जुत्ताको अलावा अरु पनि केही समान छ कि ? स्रोतको आशंका छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org