कोरोला नाकामा तस्करी बढ्दो, तीन शंकास्पद ट्रक भित्रिए नेपाल
काठमाडौं । एकातिर सरकारले राजस्व चुहावट नियन्त्रणको लागि नाकाहरुमा कडाइ गर्ने चेतावनीसहित गरिब नागरिकले सीमापारीबाट किनेर ल्याएका सय रुपैयाँका सामानमा समेत भन्सार कर असुल्ने, अर्कोतिर ठूला व्यापारीले ल्याएका करोडौँका सामानमा अनदेखा गरिदिने ! सुशासन र पारदर्शीताको चर्को नारा लगाउने बालेन साह नेतृत्वको सरकारको विरोधाभास हर्कत हो, यो ।
आम नागरिक कालोबजारी र महंगीको मारमा परिरहेको बेला सीमानाकामा भने ठूला व्यापारीको तस्करी बढ्न थालेको छ । केही दिनअघि मात्र मुस्ताङको कोरला नाकाबाट तीन वटा ठूला शंकास्पद ट्रक नेपाल भित्रिएका छन् । काठमाडौँ आउँदै गरेका ना ३ ख ७२५७, ना ३ ख ४६२६ र ना ७ ख ९४७३ नम्बरका ती ट्रक अहिले बाटोमै रहेको बुझिएको छ ।
ती ट्रकमा सामान्य जुत्ता रहेको बताइए पनि अधिकांश ब्राण्डेड जुत्ता रहेको बताइन्छ । व्यापारीहरुले जुत्ताको वास्तविक मुल्य लुकाएको र नक्कली बिल देखाएर भन्सार छली गरेको स्रोतकाे दावी छ । ‘तीन वटा ट्रक छन्, सबैमा जुत्ता राखिएको छ’, स्रोतले भन्यो, ‘उनीहरुले बिल त देखाएका छन्, तर त्यो बिल सरासर भन्सार छल्न बनाइएको नक्क्ली हो भन्ने प्रष्ट हुन्छ ।’
भोटेकोशी नदीमा आएको बाढीले रसुवागढी नाका बन्द भएपछि पछिल्लो समय कोरला नाकामा मालवाहक गाडीको चाप बढेको छ । ‘त्यसैकाे फाइदा उठाउन खाेजेकाे देखिन्छ, फेरि त्यहाँ गएका भन्सारका कर्मचारी सबै नयाँ हुन्, उनीहरुले थाहा नपाएर छिराए वा प्रलोभपनमा परे, त्यो अनुसन्धान गर्नुपर्छ’, स्रोतले थप्याे । यसरी व्यापारीहरुले नक्कली बिल बनाएर भन्सार छली गरेको घटना भने नौलो होइन । बिलमा एउटा समाना उल्लेख गरेर अर्कै सामान ल्याउने गाडीहरु नियन्त्रणमा लिइएको थुप्रै घटना छन् । गत जेठमा मात्रै जुत्ता ल्याइएको भनिएको गाडीबाट साढे दुई करोड मुल्य बराबरको ५०९ कार्टुन इलेक्ट्रिक चुरोट (भेप) बरामद गरिएको थियो । अहिले काठमाडौँ आउँदै गरेका तीन वटा ट्रकमा ब्राण्डेड जुत्ताको अलावा अरु पनि केही समान छ कि ? स्रोतको आशंका छ ।
Comments
अरु समाचार
-
कसरी भयो बिचलन: इनमको प्रस्ताव रिट खारेज गर्ने, फुयालको आदेश रिट जारी गर्ने!
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले न्याय सम्पादनको क्रममा बिचौलियाको कुनै पनि किसिमको प्रभाव वा दबाबमा नपरेको स्पष्ट पारेका...
-
बिचौलियाको मेसेज प्रकरण : न्यायाधीश फुयालद्वारा दबाब र प्रभावबिनै न्याय सम्पादन भएको पुष्टि
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले एक कारागारमा रहेका अभियुक्तलाई धरौटीमा छोडेर बिचौलियासँग भेटघाट प्रस्ताव गरेको सन्दर्भको अन्तर्य र...
-
डा. डि.बी. सुनार : विद्यार्थी राजनीतिदेखि नीतिगत बहससम्म
काठमाडौं । नेपाली कांग्रेसका युवा तथा प्राज्ञिक व्यक्तित्व डा. डम्बर बहादुर सुनार (डा. डि.बी. सुनार) विद्यार्थी राजनीतिदेखि नै पार्टी संगठन,...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी, दीपक पुन मगरलाई २ हजार जरिवाना
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिएको ठहर गर्दै रुकुम पश्चिमका दीपक...
-
कांग्रेस नेतृ विनिता खड्काले भनिन्- सत्य अलिक ढिलो होला, तर पराजित हुँदैन
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ विनिता खड्काले राजनीति र जीवनमा कहिलेकाहीँ नसोचेका परीक्षाहरू आउने उल्लेख गरेकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...












