आज हरितालिका तीज पर्व : पशुपतिनाथमा बिहानैदेखि व्रतालुको घुइँचो
काठमाडौँ । हिन्दुको महान् चाड हरितालिका तिज आइतबार दर खाएर सुरु भएको छ। महिला दिदीबहिनीले आइतबार दर खाने र सोमबार दिनभर व्रत बसेर आआफ्नो श्रीमान् तथा घरपरिवारको सुख समृद्धिको कामना गर्दछन्। तिजको दिन निराहार व्रत बस्ने भएकाले त्यसका लागि शक्ति प्राप्त गर्न अघिल्लो साँझ पौष्टिक तत्व भएका खानेकुरा खाने गरिन्छ। माइतीले चेलीबेटीलाई बोलाई दर खुवाउने परम्परा छ।
परम्परागत रूपमा तिजको दर माइतीघरमा मात्र खाने गरिन्छ । केही वर्षदेखि भने राजधानी तथा अन्य क्षेत्रमा एक महिनाअघिदेखि नै दर खाने प्रचलन चलेको छ तर यस वर्ष भोटेकोशीको बाढीपछि तिजको रौनकमा कमी देखिएको छ । पोषणविद् डा. अरुणा उपे्रतीका अनुसार तिजको दर खाँदा स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने तत्व, अखाद्य वस्तु, रङ हालेका मिठाई तथा विषादी हालेका तरकारी र फलफूल खानु हुन्न । सजाएर राखिएका मिठाई तथा फलफूलभन्दा घरमै बनाइएका ताजा परिकार खाएर तिज मनाउन उहाँको सुझाव छ।
तिज पर्वमा विशेष गरी माइती एवं दाजुभाइले छोरी, चेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन् । दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने शास्त्रीय विधान रहेको ज्योतिष विशाल गौतमले जानकारी दिनुभयो। महिलाले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रूपमा समेत तिजलाई उपयोग गर्ने गरेका छन् । तिजको अवसरमा गीतका माध्यमबाट दुःख, पीर, मर्कालाई नारीले पोख्ने गरेका छन् । ज्योतिष गौतमका अनुसार दर खाएपछि औपचारिक रूपमा सुरु हुने तिज पर्व ऋषिपञ्चमीसम्म मनाइन्छ। उहाँले तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन, गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तिज समापन हुने जानकारी दिनुभयो।
परापूर्वकालमा देवी पार्वतीले भगवान् शिवलाई पतिका रूपमा पाउन निराहार प्रत बसेको र उहाँको कामना पूरा भएको विश्वासका आधारमा राम्रो पति पाउन र विवाहितले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै व्रत बस्ने चलन रहेको छ । हरितालिका तिज पर्वका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा लाखौँ महिलाले शिवको पूजा तथा दर्शन गर्ने गर्दछन्।
यसबिच यस वर्षको हरितालिका तिज पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने व्रतालु भक्तजनका लागि सहज बनाउन चार स्थानबाट लामको व्यवस्था मिलाइएको छ । पशुपति क्षेत्र विकास कोषले तिज पर्वलाई सुरक्षित, व्यवस्थित र सहज बनाउन आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाउँदै तिजका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनका लागि सोमबार पशुपतिनाथ मन्दिरको चार वटा द्वार बिहान ३:०० बजे नै खोलिएको थियो।
कोषका अनुसार विगतका वर्ष जस्तै यस पटकको तिजमा विशेष पूजा, विशेष दर्शनको व्यवस्था मिलाइएको छ । त्यस्तै दर्शनार्थीलाई सहज मन्दिर दर्शनका लागि सोमबार बिहान मन्दिर खुलेदेखि उत्तर, पूर्व र दक्षिणतर्फको ढोकामा पारदर्शी जारी राखेर दर्शन गर्ने व्यवस्था मिलाइएको छ।
भिडभाडलाई व्यवस्थित गर्न दर्शन मार्ग मेला क्षेत्र र दर्शनार्थीको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका साथै काठमाडौँ महानगरपालिकाको नगर प्रहरी बलको आआफ्नै कमान्ड पोस्ट खडा गरी सुरक्षा व्यवस्था मिलाइएको छ । यसै गरी कोषका अनुसार महिला व्रतालु भक्तजनको आत्मसम्मानलाई ध्यानमा राख्दै यस वर्ष पनि सामान्यतया पुरुष प्रवेश गर्न नपाउने नीतिलाई यस वर्ष निरन्तरता दिइएको छ।
Comments
अरु समाचार
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
कोरोला नाकामा तस्करी बढ्दो, तीन शंकास्पद ट्रक भित्रिए नेपाल
काठमाडौं । एकातिर सरकारले राजस्व चुहावट नियन्त्रणको लागि नाकाहरुमा कडाइ गर्ने चेतावनीसहित गरिब नागरिकले सीमापारीबाट किनेर ल्याएका सय रुपैयाँका सामानमा...
-
नीराहार व्रतको पूर्वतयारीका रूपमा दर, तर बढ्दो तामझामले तीजको सांस्कृतिक अर्थ ओझेलमा
काठमाडौँ । हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली नारीले आइतबार दर खाने तयारी गरेका छन् । दर खाएसँगै...
-
उपत्यकामा सिलिण्डर ग्यासको माग उच्च, ५ दिनमा २ लाख ३३ हजार वटा बिक्री
काठमाडौँ । पछिल्लो पाँच दिनमा काठमाडौँ उपत्यकामा विभिन्न कम्पनीका दुई लाख ३३ हजार ६६२ सिलिण्डर ग्यास बिक्री गरिएको छ ।...
-
पाँच सुधार प्याकेज : शिथिल अर्थतन्त्रलाई गति दिने सरकारको परीक्षा
काठमाडौं। अर्थतन्त्रमा देखिएको शिथिलता चिर्न सरकारले पाँचवटा विशेष सुधार प्याकेज अघि बढाउने घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल...
-
सुरुङभित्र फसेकाको उद्धारमा सबैभन्दा ठूलो समस्या के ? टनलिङ एसोसिएसनले सार्वजनिक गर्यो कारण
काठमाडौं । उद्धारकर्मीहरू यो समाचार तयार पारुञ्जेलसम्म विभिन्न सुरुङ संरचनाभित्र फसेका हुनसक्ने मानिसहरूको खोजीमा जुटिरहेका छन्। तर, सुरुङभित्र फसेकाहरूको खोजी...
-
बाढीपछिको पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब रुपियाँ आवश्यक, अर्थसचिव उपाध्याय भन्छन्- बजेट अभाव हुन्न
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीपछि पुनर्निर्माणका लागि सरकारले सात खर्ब २३ अर्ब ३१ करोड ५२...
-
भोटेकोशी बाढी: उत्पादन क्षेत्रमा १ खर्ब ५० अर्ब रुपियाँको क्षति !
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते बुधबार बिहान आएको भीषण हिमबाढीका कारण उत्पादन क्षेत्रमा रु एक खर्ब...
-
गृहमन्त्री गुरुङको अभिव्यक्तिविरुद्ध मानवअधिकारकर्मीको कडा आपत्ति, गृहमन्त्रीले के भनेका थिए ?
काठमाडौं । गृहमन्त्री सुधन गुरुङको अभिव्यक्तिको अधिकारकर्मीहरुले विरोध जनाएका छन् । गृहमन्त्रीले धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै मानव अधिकारकर्मी, वरिष्ठ कानुन...












