चुहावट नियन्त्रणका लागि समिति
काठमाडौँ, १८ भदौ । ऊर्जा मन्त्रालयले विद्युत् चुहावट नियन्त्रणका लागि एक समिति गठन गरेको छ ।
मन्त्रालयका सहसचिव सन्दीपकुमार देवको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो । समितिमा नेपाल विद्युत् प्राधिकरणका निर्देशक वज्रभूषण चौधरी, उपप्रबन्धक विजय चौधरी, इन्जिनियर जयराज भण्डारी र स्वतन्त्रविज्ञ डा नेत्र ज्ञवाली सदस्य हुनुहुन्छ ।
समितिलाई विद्युत् उत्पादन, प्रसारण र वितरणको सिलसिलामा हुने प्राविधिक तथा अप्राविधिक चुहावट नियन्त्रण गर्ने जिम्मेवारी दिइएको ऊर्जामन्त्रीका स्वकीय सचिव वसन्त शर्माले जानकारी दिनुभयो ।
समितिले विद्युत् चुहावटको अवस्थाको अध्ययन तथा विश्लेषण गर्ने, विद्युत् चुहावट घटाउन चाल्नुपर्ने कदमका बारेमा सुझाव दिने, चुहावट घटाउन कार्ययोजना बनाउने, विद्युत् चुहावट न्यूनीकरणका लागि प्रोत्साहन संयन्त्र तयार गर्ने जस्ता काम गर्नेछ ।
यस्तै समितिले चुहावट नियन्त्रणका लागि नियमित अनुगमन तथा निरीक्षणको कार्ययोजना बनाई लागू गर्ने, चुहावटसम्बन्धी सूचना लिई स्थलगत अनुगमन तथा निरीक्षण गरी कारबाही गर्ने, चुहावट नियन्त्रणबारे सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने र चुहावट नियन्त्रणका क्रममा आवश्यक पर्ने सुरक्षा व्यवस्थाका लागि प्रजिअसँग आवश्यक समन्वय गर्नुपर्नेछ ।
प्राधिकरणका अनुसार हाल २५ प्रतिशत विद्युत् चुहावटका कारण खेर गइरहेको छ । चुहावट मात्रै नियन्त्रण गर्न सकिएका खण्डमा करिब २०० मेगावाट विद्युत् बचत हुने प्राधिकरणको जिकिर छ । रासस
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...











