अब नेपालमा पनि ‘नेटवर्क आर्क ब्रिज’ बन्ने !
काठमाडौं , ११ असोज । सिड्नीको ओपेरा हाउसको पछाडितिर देखिने ‘हार्वर ब्रिज’का बारेमा सुन्नु वा देख्नुभएको होला । अब नेपालमा पनि यस्तै पुल बन्ने भएको छ । यदि योजना अनुसार समयमै काम हुने हो भने अबको झण्डै डेढ वर्षमा यस्तै अत्याधुनिक पुल काठमाडौंको बिजुलीबजारमा ठडिनेछ ।
काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले बिजुलीबजारस्थित धोबीखोला र तिनकुनेस्थित बाग्मती नदीमा नेटवर्क आर्क ब्रिज’ निर्माण गर्ने भएको छ । यो नेपालकै पहिलो ‘नेटवर्क आर्क ब्रिज’ हुनेछ । विश्वभर रुचाउन थालिएको यस प्रविधिको पुल बलियो मात्रै नभएर सौन्दर्य प्रवर्धनको पक्षले पनि उत्कृष्ट मानिने आयोजनाका इञ्जिनियर बिरेन्द्रकुमार यादवले बताए ।
सडक विस्तार आयोजनाका अनुसार बिजुलीबजार र तिनकुनेमा अहिले रहेको पुलको दायाँ बायाँ ४ वटा पुल बन्नेछन् । धोबीखोलामा पुल निर्माणका लागि काम सुरु भइसकेको छ भने बाग्मती नदीमा बन्ने पुलको डिजाइन स्वीकृतिको अन्तिम चरणमा छ । दुबै स्थानमा पुल निर्माणका लागि ठेक्का भने स्वीकृत भइसकेको छ ।
अहिले रहेको पुललाई यथावत राखी सडकको सर्भिस लेनमा दुबैतर्फ ‘आर्क’ पुल जडान गरिनेछ । पुल निर्माण भएपछि सर्भिस लेन (मुल सडकको दायाँ(बायाँको लेन)बाट गुडेका सवारीले पुलको बीच लेनमा आउनुपर्ने छैन । र, दायाँ(बायाँतर्फका सर्भिस लेनमा सार्वजनिक सवारीको चाप बढी हुन्छ ।
माइतीघर(तीनकुने सडकखण्डका सर्भिस लेनहरु नयाँ पुलसँगै जोडिनेछन् । अहिले सर्भिस लेनमा आएका सवारी पनि पुल हुँदै वार(पार गर्छन् । र पुनः मोडिएर सर्भिसलेनमा लैजानुपर्ने बाध्यता छ । यो बाध्यतालाई अब बन्ने ४ वटा पुलले हटाइदिने इञ्जिनियर यादवले बताए ।
Comments
अरु समाचार
-
विदेशी मुद्राको विनिमयदर: आज कुन देशको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी...
-
आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपियाँको बजेट
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपियाँको बजेट विनियोजन गरेको छ...
-
कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि, न्यूनतम ४० हजार
काठमाडौं । सरकारले महँगी भत्तालाई निरन्तरता दिँदै तलबमानमा २१ प्रतिशत बृद्धि गर्ने निर्णय गरेको छ । कर्मचारीको न्यूनतम तलब ४०...
-
आज आव २०८३/८४ को बजेट सार्वजनिक गर्दै सरकार, सुशासनलाई प्राथमिकता
काठमाडौँ । सरकारले आज आगामी आर्थिक वर्ष २०८३\८४ को बजेट सार्वजनिक गर्दैछ । बजेटमा अनावश्यक खर्च कटौती र वित्तीय अनुशासनलाई...
-
आगामी आर्थिक वर्षको बजेट भोलि (शुक्रबार) प्रस्तुत गरिँदै
काठमाडौँ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सङ्घीय संसद्को संयुक्त बैठक यही जेठ १५ गते शुक्रबार अपराह्न ४ बजे बस्ने...
-
अप्रिलमा चीनको विद्युतीय गाडीको निर्यात ४० प्रतिशतले बढ्यो
काठमाण्डौ । गएको अप्रिल महिनामा चीनको विद्युतीय गाडीको निर्यात ४० प्रतिशतले बढेको छ । अप्रिलमा चीनले २ लाख ७८ हजार...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तर्राष्ट्रिय सेफ सोसाइटी
पोखरा । नेपाली मौलिक खान संस्कृति, पाककला तथा पर्यटन प्रवर्द्धनलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने उद्देश्यसहित नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेशको...
-
नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोल नियुक्त
काठमाडौं । नेपाल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डंगोललाई महानिर्देशक...













