अब नेपालमा पनि ‘नेटवर्क आर्क ब्रिज’ बन्ने !
काठमाडौं , ११ असोज । सिड्नीको ओपेरा हाउसको पछाडितिर देखिने ‘हार्वर ब्रिज’का बारेमा सुन्नु वा देख्नुभएको होला । अब नेपालमा पनि यस्तै पुल बन्ने भएको छ । यदि योजना अनुसार समयमै काम हुने हो भने अबको झण्डै डेढ वर्षमा यस्तै अत्याधुनिक पुल काठमाडौंको बिजुलीबजारमा ठडिनेछ ।
काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले बिजुलीबजारस्थित धोबीखोला र तिनकुनेस्थित बाग्मती नदीमा नेटवर्क आर्क ब्रिज’ निर्माण गर्ने भएको छ । यो नेपालकै पहिलो ‘नेटवर्क आर्क ब्रिज’ हुनेछ । विश्वभर रुचाउन थालिएको यस प्रविधिको पुल बलियो मात्रै नभएर सौन्दर्य प्रवर्धनको पक्षले पनि उत्कृष्ट मानिने आयोजनाका इञ्जिनियर बिरेन्द्रकुमार यादवले बताए ।
सडक विस्तार आयोजनाका अनुसार बिजुलीबजार र तिनकुनेमा अहिले रहेको पुलको दायाँ बायाँ ४ वटा पुल बन्नेछन् । धोबीखोलामा पुल निर्माणका लागि काम सुरु भइसकेको छ भने बाग्मती नदीमा बन्ने पुलको डिजाइन स्वीकृतिको अन्तिम चरणमा छ । दुबै स्थानमा पुल निर्माणका लागि ठेक्का भने स्वीकृत भइसकेको छ ।
अहिले रहेको पुललाई यथावत राखी सडकको सर्भिस लेनमा दुबैतर्फ ‘आर्क’ पुल जडान गरिनेछ । पुल निर्माण भएपछि सर्भिस लेन (मुल सडकको दायाँ(बायाँको लेन)बाट गुडेका सवारीले पुलको बीच लेनमा आउनुपर्ने छैन । र, दायाँ(बायाँतर्फका सर्भिस लेनमा सार्वजनिक सवारीको चाप बढी हुन्छ ।
माइतीघर(तीनकुने सडकखण्डका सर्भिस लेनहरु नयाँ पुलसँगै जोडिनेछन् । अहिले सर्भिस लेनमा आएका सवारी पनि पुल हुँदै वार(पार गर्छन् । र पुनः मोडिएर सर्भिसलेनमा लैजानुपर्ने बाध्यता छ । यो बाध्यतालाई अब बन्ने ४ वटा पुलले हटाइदिने इञ्जिनियर यादवले बताए ।
Comments
अरु समाचार
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
बूढीगण्डकी बाढीः फसेका ३६ जनाको उद्धार, १० सम्पर्कविहीन, ६ पुल र ३५ बढी घरमा क्षति
काठमाडौं । बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार भएको छ । नेपाली सेनाले उनीहरूलाई उद्धार गरेको हो । सेनाका अनुसार...
-
सिँजा उपत्यका र खस सभ्यतालाई अन्तर्राष्ट्रियकरण गर्ने सरकारको योजना
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले खस सभ्यताको उद्गमस्थल सिँजा उपत्यकालाई पुर्ख्यौली पहिचान र पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका...
-
दशैंमा घर जानेहरुका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला
काठमाडौं । दशैंमा घर जानेहरुका लागि सरकारले आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ । टिकट छिटो पाइने आशमा युवाहरु...
-
आजका लागि विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
बाढी, पहिरो र हिमपात: मुस्ताङको लेतेदेखि कोरला नाकासम्म रोकिए ५०० बढी कन्टेनर
मुस्ताङ। मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा लामबद्ध रूपमा रोकिएको अवस्थामा रहेका छन्। यही असोज ८ देखि...
-
नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सको सातौँ समूहका लागि आवेदन खुला
काठमाडौं । नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गत सञ्चालन हुने फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन...
-
‘दसैँलगायत चाडपर्वमा एटिएमबाटै १०० रुपियाँका नयाँ नोट’
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले दसैँलगायत चाडपर्वलाई लक्षित गर्दै बैङ्क तथा वित्तीय संस्थालाई एटिएमबाटै १०० रुपियाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन...













