यस्तो छ रियल मड्रिडले रोनाल्डोलाई बेच्न चाहनुको भित्री रहस्य

काठमाडौंः स्पेनिस क्लब रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो परेजले स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोलाई बेच्न चाहेको दाबी गरिएको छ। स्पेनिस पब्लिकेसन डन बेलोनले सार्वजनिक गरेको रिपोर्टमा रियल मड्रिडका अध्यक्ष परेजले स्टार खेलाडी रोनाल्डोलाई सन् २०१८ पछि बेच्न चाहेको दाबी गरिएको छ।
रिपोर्टमा परेजले रोनाल्डोको सम्झौता सकिनु अघि नै उनलाई बेच्न चाहेको उल्लेख छ। रोनाल्डोको सम्झौता रियल मड्रिडसँग सन् २०२१ सम्मको छ।तीन लाख ६५ हजार पाउन्ड स्टर्लिङ डलर प्रतिसाता पारिश्रमिक पाउने गरी ३१ वर्षीय पोर्चुगिस खेलाडी क्रिष्टियानो र रियल मड्रिडबीच सन् २०१६ को अन्तिममा सम्झौता भएको थियो।
तर, अध्यक्ष परेजले केही पैसाका लागि स्टार खेलाडी रोनाल्डोलाई अन्य क्लबसँग बेच्न चाहेका छन्। रोनाल्डोलाई २०१८ मा चिनियाँ क्लबसँग बेच्न चाहेको रिपोर्टमा दाबी गरिएको छ। रियल मड्रिडको ड्रेसिङ रुममा रोनाल्डोको प्रभावबारे परेज सचेत छन्। एक समय गोल रक्षक इकर कासिलास र सर्जियो रामोसलाई राम्रै साथ दिँदा परेज रोनाल्डोसँग रिसाएका थिए।
परेजले रोनाल्डोलाई बेच्ने समय आएको बताएको पनि दाबी डन बेलोनले गरेको छ। सन् २००९ मा ८० मिलियन डलरमा रोनाल्डोलाई बर्नबाउ ल्याउँदा लागेको खर्च फिर्ता हुने परेजको योजना रहेको छ।
रोनाल्डोलाई क्लबमा भित्र्याउन धेरै चाइनिज क्लबले चाहेको र मोटो रकम खर्च गर्न तयार छन्। रोनाल्डोले यो सिजन रियल मड्रिडका लागि २२ खेलमा १८ गोल गरेका छन् भने मड्रिडका लागि ३७० खेलमा ३८२ गोल गरेका छन्। रोनाल्डोले सात सिजनमा दुईवटा च्याम्पियन्स लिग फुटबलको उपाधि समेत जितेका छन्।
केही समयअघि कार्लोस टेभेज विश्वकै सवैभन्दा बढी पारिश्रमिक पाउने गरी चिनियाँ क्लब सान्घाई सेनुवामा आबद्ध भएका छन्। रोनाल्डो चिनियाँ क्लबमा आबद्ध भए उनले टेभेजभन्दा दोब्बर बढी पारिश्रमिक पाउने रिपोर्टमा दाबी गरिएको छ।
रोनाल्डोका एजेन्ट जोर्जे मेन्डेसका अनुसार रोनाल्डो रियल मड्रिडमै रहन प्रतिबद्ध रहेका छन्। मेन्डेसले स्काइ स्पोट्स इटालियासँग भनेका छन्– चिनियाँ क्लबले रोनाल्डोलाई भित्र्याउन ३०० मिलियन युरोको प्रस्ताव रियल मड्रिडलाई गरेको छ। एक सय मिलियन युरो प्रति वर्ष रोनाल्डोलाई दिने प्रस्ताव आएको छ।’
Comments
अरु समाचार
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
आईसीसी महिला टी–२० विश्वकप क्रिकेट : जित्नैपर्ने दबाबमा नेपालले स्कटल्यान्डसँग भिड्दै
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा नेपालले आज आफ्नो अन्तिम तथा निर्णायक खेलमा स्कटल्यान्डसँग खेल्दैछ । कीर्तिपुरको...
-
बंगलादेश टी-२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डले खेल्ने
काठमाडाैं सन् २०२६ को टी–२० विश्वकप क्रिकेटमा बंगलादेश सहभागी नहुने भएको छ। भारत र श्रीलंकामा हुने प्रतियोगितामा आफ्ना खेलाडी पठाउन...
-
नेपाली क्रिकेट टोली श्रीलंका ‘ए’सँग आज तेस्रो टी–२० अभ्यास खेल खेल्दै !
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीमा जुटेको नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँग आज तेस्रो तथा अन्तिम अभ्यास टी–२०...
-
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित
काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित...
-
आईसीसी महिला टी–२० विश्वकप छनोट : नेपाल थाइल्यान्डसँग पराजित
काठमाडौं । काठमाडौंमा आइतबारदेखि सुरु भएको आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको आफ्नो पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ।...
-
आईसीसी टी–२० विश्वकपका लागि नेपाली टोलीको बिदाइ
काठमाडौं । आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागी हुन जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको...
-
आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि नेपालको जर्सी सार्वजनिक !
काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा नेपाली टोलीले लगाउने जर्सी सार्वजनिक गरिएको छ। सोमबार साँझ काठमाडौंमा आयोजित विशेष...
-
आईसीसी टी–२० विश्वकप ट्रफी वसन्तपुर, बौद्धनाथ र पोखरामा प्रदर्शनी हुने
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको ट्रफी नेपालका प्रमुख पर्यटकीय तथा धार्मिक स्थलहरूमा प्रदर्शन गरिने भएको छ। ट्रफी काठमाडौंको वसन्तपुर...











