सोसिडाडलाई हराउँदै बार्सिलोना सेमिफाइनलमा
काठमाडौं, १४ माघ । रियल सोसिडाडमाथि सहज जित हात पार्दै बार्सिलोना कोपा डेल रे कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको दोस्रो लेगमा बार्सिलोनाले रियल सोसिडाडमाथि ५-२ गोल अन्तरको जित निकालेको छ । यससँगै पहिलो लेगमा १-० ले विजयी बार्सिलोना समग्रमा ६-२ ले विजयी भएको छ ।
घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले १७ औं मिनेटमा डेनिस स्वरेजको गोलबाट अग्रता लिएको थियो । बाँकी छ गोल भने दोस्रो हाफमा भयो ।
५५ औं मिनेटमा लिओनल मेस्सीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई २-० को अग्रता दिलाए ।
तर, ६२ मिनेटमा सोडिडाडका जुआनमीले गोल गर्दै बार्सिलोनाको २-१ मा झारे । त्यसको एक मिनेट वित्न नपाउँदै बार्सिलोनाका लागि स्वरेजले गोल गरे ।
७३ औं मिनेटमा रियल सोसिडाड डा रिल्भाले गोल गरे । तर, घरेलु टोलीका लागि ८० औं मिनेटमा टुरानले गोल गरे भने ८२ औं मिनेटमा डेनिस स्वरेजले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोना ५-२ ले विजयी भएको छ ।
बार्सिलोनाले कीर्तिमानी २८ पटक कोपा डेल रेको उपाधि जितिसकेको छ । र, बिहीबारको जितसँगै लगातार ७ औं पटक सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ ।
अब बार्सिलोनासँगै एथ्लेटिको मड्रिड, सेल्टाभिगो र अलाभेस अन्तिम चारमा पुगेका छन् । र, सेमिफाइनलको ड्र शुक्रबार हुनेछ ।
Comments
अरु समाचार
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...












