सोसिडाडलाई हराउँदै बार्सिलोना सेमिफाइनलमा
काठमाडौं, १४ माघ । रियल सोसिडाडमाथि सहज जित हात पार्दै बार्सिलोना कोपा डेल रे कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको दोस्रो लेगमा बार्सिलोनाले रियल सोसिडाडमाथि ५-२ गोल अन्तरको जित निकालेको छ । यससँगै पहिलो लेगमा १-० ले विजयी बार्सिलोना समग्रमा ६-२ ले विजयी भएको छ ।
घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले १७ औं मिनेटमा डेनिस स्वरेजको गोलबाट अग्रता लिएको थियो । बाँकी छ गोल भने दोस्रो हाफमा भयो ।
५५ औं मिनेटमा लिओनल मेस्सीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई २-० को अग्रता दिलाए ।
तर, ६२ मिनेटमा सोडिडाडका जुआनमीले गोल गर्दै बार्सिलोनाको २-१ मा झारे । त्यसको एक मिनेट वित्न नपाउँदै बार्सिलोनाका लागि स्वरेजले गोल गरे ।
७३ औं मिनेटमा रियल सोसिडाड डा रिल्भाले गोल गरे । तर, घरेलु टोलीका लागि ८० औं मिनेटमा टुरानले गोल गरे भने ८२ औं मिनेटमा डेनिस स्वरेजले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोना ५-२ ले विजयी भएको छ ।
बार्सिलोनाले कीर्तिमानी २८ पटक कोपा डेल रेको उपाधि जितिसकेको छ । र, बिहीबारको जितसँगै लगातार ७ औं पटक सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ ।
अब बार्सिलोनासँगै एथ्लेटिको मड्रिड, सेल्टाभिगो र अलाभेस अन्तिम चारमा पुगेका छन् । र, सेमिफाइनलको ड्र शुक्रबार हुनेछ ।
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












