यी हुन् विश्वका महंगा क्रिकेटर : कसको आम्दानी कति ?
काठमाडौं । पछिल्लो समय बिराट कोहोलीले विश्व क्रिकेटमा पाएका सफलता र क्रिकेटको दुनियाँमा उनले पाएको चर्चालाई हेर्दा उनको नाम विश्वका महंगा क्रिकेटर सूचीको प्रथम स्थानमा पर्ने अनुमान गर्न सकिन्छ । तर, यथार्तमा भने त्यस्तो छैन् । विश्वका दश महंगा क्रिकेटरको सूचीमा विराटलाई भारतीय क्रिकेटका पूर्वकप्तान महेन्द्रसिंह धोनीले पछि पारेका छन्।
भारतीय क्रिकेटका पूर्वकप्तान धोनी विश्वमा सबै भन्दा महंगा खेलाडीको रुपमा चुनिएका छन् । फोर्सले एक वर्षअघि सार्वजनिक गरेको विश्वका सबै महंगा खेलाडीको सूचीमा क्रिकेट तर्फबाट धोनी सबै भन्दा महंगा खेलाडी बनेका हुन् । मध्यक्रममा आक्रामक दायाँ हाते खेलाडीको रुपमा परिचित उनको बार्षिक कमाइ २९ मिलियन अमेरिकी डलर रहेको छ ।
त्यस्तै दोस्रोमा भारतीय क्रिकेटका अहिलेका कप्तान विराट परेका छन् । क्रिकेटको सबै फम्र्याटमा उत्कृष्ट खेलाडीको रुपमा रहेका कोहोलीको वार्षिक आम्दानी २५ मिलियन अमेरिकी डलर रहेको छ ।
तेस्रोमा जमैकाका क्रिकेटर क्रिस्टिफर हेनरी (क्रिसगेल) रहेको छन् । उनी अहिले वेष्टइन्डिजबाट राष्ट्रिय क्रिकेट खेलिरहेका छन् । क्रिकेटका सम्पूर्ण फम्र्याटमा विभिन्न किसिमका रेकर्ड राख्न सफल उनको बार्षिक आम्दानी ७.५ मिलियन अमेरिकी डलर रहेको छ । विशेष रुपमा एक दिवसीय र २०–२० गेममा माहिर मानिने गेललाई पछिल्लो समय गेम चेन्जरको रुपमा पनि हेर्ने गरिन्छ ।
चौथोमा पाकिस्तीनी राष्ट्रिय टोलीका पूर्वकप्तान साहिद खान अफ्रिदी रहेका छन् । उनी आक्रमक ब्याटिङ शैलीका साथै एक दिवसीय क्रिकेटमा कुनै समय सबैभन्दा थोरै बलमा सेन्चुरी हान्ने खेलाडीको रुपमा चिनिएका थिए । उनका वार्षिक आम्दानी ६.३ मिलियन अमेरिकी डलर रहेको छ ।
पाँचौ स्थानमा भारतीय पूर्व क्रिकेट टोलीका सदस्य वीरेन्द्र सेवाग छन् । कुनै समय सबै भन्दा विनाशकारी ब्याटम्यानको रुपमा परिचय बनाएका उनको वार्षिक आम्दानी ५.८ मिलियन अमेरिकी डलर रहेको छ । उनले टेष्ट क्रिकेटमा भारतीय क्रिकेटर मध्ये सबै भन्दा बढी रन बनाउने रेकर्ड राखेका छन् । उनले साउथ अफ्रिकाविरुद्ध टेष्ट क्रिकेटमा तीन सय १९ रन बनाएका थिए ।
छैठौँ स्थानमा अष्ट्रेलियन पूर्वकप्तान सेन वाट्सन रहेका छन् । उनको बार्षिक आम्दानी ५.५ मिलियन अमेरिकी डलर रहेको छ ।
त्यस्तै, सातौँमा एबीडी भिलियर्स परेका छन् । साउथ अफ्रिकाको टेष्ट तथा एक दिवसीय क्रिकेटका कप्तान डी भिलियर्सको बार्षिक आम्दानी ५.५ मिलियन अमेरिकी डलर रहेको छ ।
आठौ स्थानमा परेका छन् भारतीय राष्ट्रिय टोलीका पूर्वसदस्य गौतम गाम्वीर । बायाँ हाते ओपानिङ क्रिकेटरको रुपमा परिचय बनाएका गाम्बीर अहिले इन्डियन प्रिमिएर लिगमा कोलकत्ता नाइटराइडर्स क्लबका कप्तान रहेको छन् ।
गाम्वीरको बार्षिक आम्दानी ५ मिलियन अमेरिक डलर रहेको छ । नवौं स्थानमा भारतीय राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर युवराज सिंह परेका छन् ।
उनको बार्षिक आम्दानी ३.८ मिलियन अेमेरिकी डलर रहेको छ । दशौं स्थानमा तीन ममिलियन अमेरिक डलर बार्षिक आम्दानीका साथ माइकल क्लार्क परेका छन् । उनी अष्ट्रेलियन राष्ट्रिय क्रिकेट टोलिका पूर्वकप्तान समेत हुन् ।
Comments
अरु समाचार
-
विश्वकप लिग-२ : स्कटल्यान्डसँग नेपाल २ रनले भयो पराजित
काठमाण्डाै ।आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग डीएलएस नियमका आधारमा २ रनले पराजित भएको छ । वर्षाका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
‘वुमेन्स च्यालेन्ज ट्रफी’ का लागि इन्दुको कप्तानीमा घोषणा भयो टोली
काठमाडौंँ । आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली महिला टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु वर्माको कप्तानीमा...
-
करण केसीलाई एक खेलमा प्रतिबन्ध, १०० प्रतिशत ‘म्याच फी’ जरिवाना
काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय टोलीका अलराउन्डर करण केसीलाई कारबाही गरेको छ ।सामाजिक सञ्जालमार्फत खेल भावना विपरीत...
-
आईपीएल क्रिकेटमा हैदरावादले कोलकातालाई ६५ रनले हरायो
काठमाण्डौ। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सन्राइजर्स हैदराबादले कोलकाता नाईट राइडर्सलाई हराएको छ । गएराति भएको खेलमा हैदरावादले कोलकातालाई ६५...
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
नामिबियालाई हराउँदै पाकिस्तान टी–२० विश्वकपकाे ‘सुपर–एट’ मा
काठमाण्डाै – नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटकाे ‘सुपर–एट’ मा पुगेकाे छ । श्रीलङ्काकाे काेलम्बाेमा आज भएकाे समूह ‘ए’...
-
टी–२० विश्वकपमा नेपालको सान्त्वना जीत, स्कटल्याण्ड ७ विकेटले पराजित
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि...
-
टी–२० विश्वकप: आज नेपाल र स्कटल्यान्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको...












