यी हुन् विश्वका महंगा क्रिकेटर : कसको आम्दानी कति ?
काठमाडौं । पछिल्लो समय बिराट कोहोलीले विश्व क्रिकेटमा पाएका सफलता र क्रिकेटको दुनियाँमा उनले पाएको चर्चालाई हेर्दा उनको नाम विश्वका महंगा क्रिकेटर सूचीको प्रथम स्थानमा पर्ने अनुमान गर्न सकिन्छ । तर, यथार्तमा भने त्यस्तो छैन् । विश्वका दश महंगा क्रिकेटरको सूचीमा विराटलाई भारतीय क्रिकेटका पूर्वकप्तान महेन्द्रसिंह धोनीले पछि पारेका छन्।
भारतीय क्रिकेटका पूर्वकप्तान धोनी विश्वमा सबै भन्दा महंगा खेलाडीको रुपमा चुनिएका छन् । फोर्सले एक वर्षअघि सार्वजनिक गरेको विश्वका सबै महंगा खेलाडीको सूचीमा क्रिकेट तर्फबाट धोनी सबै भन्दा महंगा खेलाडी बनेका हुन् । मध्यक्रममा आक्रामक दायाँ हाते खेलाडीको रुपमा परिचित उनको बार्षिक कमाइ २९ मिलियन अमेरिकी डलर रहेको छ ।
त्यस्तै दोस्रोमा भारतीय क्रिकेटका अहिलेका कप्तान विराट परेका छन् । क्रिकेटको सबै फम्र्याटमा उत्कृष्ट खेलाडीको रुपमा रहेका कोहोलीको वार्षिक आम्दानी २५ मिलियन अमेरिकी डलर रहेको छ ।
तेस्रोमा जमैकाका क्रिकेटर क्रिस्टिफर हेनरी (क्रिसगेल) रहेको छन् । उनी अहिले वेष्टइन्डिजबाट राष्ट्रिय क्रिकेट खेलिरहेका छन् । क्रिकेटका सम्पूर्ण फम्र्याटमा विभिन्न किसिमका रेकर्ड राख्न सफल उनको बार्षिक आम्दानी ७.५ मिलियन अमेरिकी डलर रहेको छ । विशेष रुपमा एक दिवसीय र २०–२० गेममा माहिर मानिने गेललाई पछिल्लो समय गेम चेन्जरको रुपमा पनि हेर्ने गरिन्छ ।
चौथोमा पाकिस्तीनी राष्ट्रिय टोलीका पूर्वकप्तान साहिद खान अफ्रिदी रहेका छन् । उनी आक्रमक ब्याटिङ शैलीका साथै एक दिवसीय क्रिकेटमा कुनै समय सबैभन्दा थोरै बलमा सेन्चुरी हान्ने खेलाडीको रुपमा चिनिएका थिए । उनका वार्षिक आम्दानी ६.३ मिलियन अमेरिकी डलर रहेको छ ।
पाँचौ स्थानमा भारतीय पूर्व क्रिकेट टोलीका सदस्य वीरेन्द्र सेवाग छन् । कुनै समय सबै भन्दा विनाशकारी ब्याटम्यानको रुपमा परिचय बनाएका उनको वार्षिक आम्दानी ५.८ मिलियन अमेरिकी डलर रहेको छ । उनले टेष्ट क्रिकेटमा भारतीय क्रिकेटर मध्ये सबै भन्दा बढी रन बनाउने रेकर्ड राखेका छन् । उनले साउथ अफ्रिकाविरुद्ध टेष्ट क्रिकेटमा तीन सय १९ रन बनाएका थिए ।
छैठौँ स्थानमा अष्ट्रेलियन पूर्वकप्तान सेन वाट्सन रहेका छन् । उनको बार्षिक आम्दानी ५.५ मिलियन अमेरिकी डलर रहेको छ ।
त्यस्तै, सातौँमा एबीडी भिलियर्स परेका छन् । साउथ अफ्रिकाको टेष्ट तथा एक दिवसीय क्रिकेटका कप्तान डी भिलियर्सको बार्षिक आम्दानी ५.५ मिलियन अमेरिकी डलर रहेको छ ।
आठौ स्थानमा परेका छन् भारतीय राष्ट्रिय टोलीका पूर्वसदस्य गौतम गाम्वीर । बायाँ हाते ओपानिङ क्रिकेटरको रुपमा परिचय बनाएका गाम्बीर अहिले इन्डियन प्रिमिएर लिगमा कोलकत्ता नाइटराइडर्स क्लबका कप्तान रहेको छन् ।
गाम्वीरको बार्षिक आम्दानी ५ मिलियन अमेरिक डलर रहेको छ । नवौं स्थानमा भारतीय राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर युवराज सिंह परेका छन् ।
उनको बार्षिक आम्दानी ३.८ मिलियन अेमेरिकी डलर रहेको छ । दशौं स्थानमा तीन ममिलियन अमेरिक डलर बार्षिक आम्दानीका साथ माइकल क्लार्क परेका छन् । उनी अष्ट्रेलियन राष्ट्रिय क्रिकेट टोलिका पूर्वकप्तान समेत हुन् ।
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












