नेपाली क्रिकेट टिमलाई फाईदै फाईदा,केन्यासँग खेले लगतै एसीसी इमर्जिङ कप पनि खेल्ने
काठमाडौं । केन्यासँगको खेल लगतै नेपालले एसीसी इमर्जिङ कप खेल्ने भएको छ ।
विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेपाल र केन्याको खेल मार्च ११ र १३ मा हुँदैछ । र, खेल कीर्तिपुरमा हुने लगभग पक्का छ । अहिले नेपाली राष्ट्रिय टोली यसको तयारीका लागि बन्द प्रशिक्षणमा छ ।
तर, केन्यासँगको खेल लगत्तै इमर्जिङ कप परेको छ । एसियन क्रिकेट काउन्सिल ‘एसीसी’ले मार्च १५ देखि २५ मा इमर्जिङ कप यूएईमा खेलाउने प्रस्ताव गरेको छ ।
जसमा एसियाका चार टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशबाट यू(२३ वा ‘ए’ टिम सहभागी हुनेछन् भने नेपालसँगै अफगानिस्तान, यूएई र हङकङले खेल्नेछन् ।
यो मितिमा केही हेरफेर हुन सक्ने क्रिकेट अधिकारीहरु बताउँछन् ।
एसीसीको प्रस्तावित क्यालेन्डर अनुसार नेपालले उमेर समूहका केही प्रतियोगिता पनि खेल्नेछ । जसमा यू-१६ मे १० देखि २४ सम्म थाइल्याण्डमा हुनेछ ।
यू-१९ एसिया कपको छनोट प्रतियोगिता सेप्टेम्बर १० देखि २२ सम्म मलेसियामा हुनेछ । उसमा छनोट भएमा नोभेम्बर ४ देखि १५ सम्म हुने एसिया कप खेल्न पाउनेछ ।
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












