राष्ट्रपति रनिङ सिल्ड खेलकुदको नवौँ संस्करण बर्दियामा सुरु
बर्दिया । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको नवौँ संस्करण बर्दियाको पदनाहमा रहेको पाञ्चजन्य माध्यमिक विद्यालयमा बुधबारदेखि सुरु भएको छ ।
राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता नेकपा ‘एमाले’ का उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले उद्घाटन गर्नुभयो ।
प्रतियोगिताको उद्घाटन गर्दै उपाध्यक्ष गौतमले खेलकुद स्वास्थ्यका लागि मात्र नभई देशकै प्रतिष्ठाको विषय भएकाले सक्षम खेलाडी उत्पादन गर्न विद्यालय नै उत्तम रहेको बताउनुभयो । खेलकुद क्षेत्रले स्थानीय क्षेत्रको मात्र नभई देशलाई अन्तर्राष्ट्रिय स्तरमा नै चिनाउने भएकाले खेलकुद क्षेत्रको विकासमा सबैजना एकजुट हुनुपर्ने उहाँले बताउनुभयो ।
जिल्ला शिक्षा कार्यालय बर्दियाका निमित्त जिल्ला शिक्षा अधिकारी नीलकण्ठ रेग्मीले प्रत्येक वर्ष आयोजना भइरहेको प्रतियोगिताले खेलाडी उत्पादन गर्नमा सहयोग पुग्ने बताउनभयो । प्रतियोगिताको उद्घाटन सत्रमा विभिन्न विद्यालयका विद्यार्थीले मार्च पास गरेका थिए । प्रतियोतिाका औपचारिक खेल भने आजदेखि सुरु हुनेछ । प्रतियोगितामा बर्दियाका ७० ओटा सरकारी तथा निजी विद्यालयको सहभागिता छ ।
प्रतियोगीतामा भलिबल, कबड्डी, दौड, रिले दौड, हाइजम्प, लङजम्प, सटफुट, कराते तेक्वान्दो, उसु खेलमा छात्रछात्रा गरी झन्डै दुईहजार पाँचसय खेलाडीको सहभागिता रहने जिल्ला खेलकुद विकास समितिका अध्ययक्ष खगेन्द्र खनालले जानकारी दिनुभयो ।
जिल्ला खेलकुद विकास समितिको आयोजना तथा पाञ्चजन्य मावि पदनाहाको सहआयोजनामा सुरु भएको राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता फागुन २ गतेसम्म चल्नेछ । रासस
Comments
अरु समाचार
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...












