मतदान केन्द्रमा सहमति नहुँदा सिफारिश हुन सकेन
बैतडी, ४ चैत । मतदान केन्द्र निर्धारणका विषयमा राजनीतिक दलबीच सहमति हुन नसक्दा बैतडीमा मतदान केन्द्र सिफारिस गर्न सकिएको छैन ।
दलले विसं २०७० मा तय भएका मतदान केन्द्र बदल्नुपर्ने अडान लिएपछि सहमति हुन नसकेको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलले जानकारी दिनुभयो । दलका प्रतिनिधिले २०७० सालको भन्दा १० वटा केन्द्र थप्नसमेत माग गरेका छन् ।
मतदान केन्द्र सिफारिस समितिको बैठकमा ठूला दल नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का प्रतिनिधिले मतदान केन्द्र परिवर्तनको माग गरेको जिल्ला निर्वाचन अधिकारी फुँयालले भन्नुभयो, “डिलासैनी गाउँपालिका, पुरचौडी नगरपालिका र सिगास गाउँपालिकामा मतदान केन्द्र साबिकको भन्दा परिवर्तन गर्नुपर्ने आवाज उठेको छ ।” “तर निर्वाचन आयोगले अवस्था हेरेर दुई–चारवटा मतदान केन्द्र मात्र थप्न भनी निर्देशन दिएको छ”, उहाँले भन्नुभयो ।
विवाद देखिएका ठाउँमा स्थलगत अध्ययन गरी मतदान केन्द्र सिफारिस समितिको बैठक बसी टुङ्गो लगाउने उहाँले जानकारी दिनुभयो । बैतडीमा विसं २०७० मा संविधानसभाको निर्वाचनमा रहेका एकसय २० मतदान केन्द्रको एकसय ८८ स्थल तय गरिएका थिए ।
स्थानीय तह पुनःसंरचना आयोगले बैतडीमा चार नगरपािलका र ६ गाउँपालिका सिफारिस गरेको छ । जिल्लामा ६५ हजार नौसय ३२ महिला, ६२ हजार आठसय ५० पुरुष र एकजना तेस्रोलिङ्गी गरी एक लाख २८ हजार सात सय ८३ मतदाता रहेका जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।
आगामी स्थानीय तहको निर्वाचनमा २०७३ फागुन ९ गतेसम्म विवरण दर्ता गराएका १८ वर्ष उमेर पूरा गरेका मतदाताले मात्र मतदान गर्न पाउने भएका छन् । आगामी वैशाख ३१ गते निर्वाचनमा सहभागी हुन बैतडीमा विभिन्न १२ दलले नाम दर्ता गराएका छन् ।
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












