मतदान केन्द्रमा सहमति नहुँदा सिफारिश हुन सकेन
बैतडी, ४ चैत । मतदान केन्द्र निर्धारणका विषयमा राजनीतिक दलबीच सहमति हुन नसक्दा बैतडीमा मतदान केन्द्र सिफारिस गर्न सकिएको छैन ।
दलले विसं २०७० मा तय भएका मतदान केन्द्र बदल्नुपर्ने अडान लिएपछि सहमति हुन नसकेको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलले जानकारी दिनुभयो । दलका प्रतिनिधिले २०७० सालको भन्दा १० वटा केन्द्र थप्नसमेत माग गरेका छन् ।
मतदान केन्द्र सिफारिस समितिको बैठकमा ठूला दल नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का प्रतिनिधिले मतदान केन्द्र परिवर्तनको माग गरेको जिल्ला निर्वाचन अधिकारी फुँयालले भन्नुभयो, “डिलासैनी गाउँपालिका, पुरचौडी नगरपालिका र सिगास गाउँपालिकामा मतदान केन्द्र साबिकको भन्दा परिवर्तन गर्नुपर्ने आवाज उठेको छ ।” “तर निर्वाचन आयोगले अवस्था हेरेर दुई–चारवटा मतदान केन्द्र मात्र थप्न भनी निर्देशन दिएको छ”, उहाँले भन्नुभयो ।
विवाद देखिएका ठाउँमा स्थलगत अध्ययन गरी मतदान केन्द्र सिफारिस समितिको बैठक बसी टुङ्गो लगाउने उहाँले जानकारी दिनुभयो । बैतडीमा विसं २०७० मा संविधानसभाको निर्वाचनमा रहेका एकसय २० मतदान केन्द्रको एकसय ८८ स्थल तय गरिएका थिए ।
स्थानीय तह पुनःसंरचना आयोगले बैतडीमा चार नगरपािलका र ६ गाउँपालिका सिफारिस गरेको छ । जिल्लामा ६५ हजार नौसय ३२ महिला, ६२ हजार आठसय ५० पुरुष र एकजना तेस्रोलिङ्गी गरी एक लाख २८ हजार सात सय ८३ मतदाता रहेका जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।
आगामी स्थानीय तहको निर्वाचनमा २०७३ फागुन ९ गतेसम्म विवरण दर्ता गराएका १८ वर्ष उमेर पूरा गरेका मतदाताले मात्र मतदान गर्न पाउने भएका छन् । आगामी वैशाख ३१ गते निर्वाचनमा सहभागी हुन बैतडीमा विभिन्न १२ दलले नाम दर्ता गराएका छन् ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
कान्ति राजमार्ग मंसिर २० गतेदेखि ६० दिनसम्म बन्द हुने !
काठमाडौं । कान्ति राजमार्ग ६० दिनसम्म बन्द हुने भएको छ । सडक बिस्तारका लागि यही मंसिर २० गतेदेखि ६० दिनसम्म...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
वाइडबडी फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्च
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले वाइडबडी विमान खरिद प्रकरणमा सफाइ पाएका आरोपितहरूलाई सजाय हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा पुनरावेदन...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...












