नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित
काठमाडौं । बंगलादेशमा जारी एसिसी इमर्जिङ टिम कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित भएको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाउँदै १८० रन बनायो।
१८१ रनको लक्ष्य पछ्याएको टेष्ट राष्ट्र पाकिस्तानले इमाम उलहकको सर्वाधिक सतकीय पारीको मद्धतले ४५.१ ओभरमा जित हात पार्यो। १४ ओभर तीन बलमा ४१ रन हुँदा महत्वपूर्ण तीन विकेट गुमाएको नेपालको पारीलाई सुनिल धमला र शरद भेषवाकरले सम्हालेका थिए। ओपनर सुनिलले ४३ र शरदले ३८ रनको योगदान दिए।
यस्तै विनोद भन्डारीले ३१ बलमा एक छक्कासहित २३ रन जोडे। आरिफ शेखले १६ र दिपेन्द्र सिंह ऐरीले १४ रन नेपालको खातामा थपे। ओपनर कप्तान ज्ञानेन्द्र मल्ल भने मात्र दुई रनमा पेभेलियन फर्किएका थिए । तेस्रो नम्बरमा क्रिजमा गएका सागर पुन पनि चार रनमा मैदान बाहिरिए ।
यसैबीच आजको खेलमा नेपालका सुसान भारीले राष्ट्रिय टिमबाट डेब्यू गरेका छन्। विनोद आउट भएपछि मैदान प्रवेश गरेका भारी दुई रनमा गुलाम मुदस्सरको बलमा बोल्ड भएका थिए। मुदस्सरले पाँच र ओस्मा मिरले दुई विकेट लिए । जवाफमा पाकिस्तानको २३ वर्ष मुनिको टिमले ४७ ओभरमा चार विकेट गुमाउदै लक्ष्य पुरा गर्यो ।
पाकिस्तानको जितमा इमाम उल हकले सतक प्रहार गरे। उनले १ सय ४ रन बनाए भने इमरान बटले २१ तथा ह्यारिस सोहेलले १७ रन बनाए। नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल र सन्दिप लामीछानेले दुई दुई विकेट लिए ।
Comments
अरु समाचार
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...












