ब्राजिल विश्वकपमा छनोट हुने पहिलो राष्ट्र
एजेन्सी । छनोट चरण माध्यमबाट सन् २०१८ को विश्वकप फुटबल प्रतियोगितामा स्थान सुरक्षित गर्ने ब्राजिल पहिलो राष्ट्र बनेको छ । दक्षिण अमेरिकी छनोटअन्तर्गत बुधबार बिहान ब्राजिलले पाराग्वेमाथि ३–० को जित निकाल्दै अर्को वर्ष रसियामा हुने विश्वकपको टिकट काटेको हो । ब्राजिलले १४ खेलबाट सर्वाधिक ३३ अंक बटुल्यो । ब्राजिलले छनोट चरणको अन्तिम चार खेलअघि नै लगातार विश्वकपमा स्थान बनाएको हो । ब्राजिलका लागि फिलिप काउन्टिन्हो, नेमार तथा मार्सेलोले समान एक गोल गरेका थिए ।
अर्जेन्टिना स्तब्ध
छनोट चरणमा विश्वकपको साबिक उपविजेता अर्जेन्टिना बोलिभियासँग २–० ले पराजित भयो । हारसँगै अर्जेन्टिना दक्षिण अमेरिकी विश्वकप छनोट अंकतालिकाको पाँचाँै स्थानमा रह्यो । अर्जेन्टिनाले १४ खेलबाट २२ अंक जोडेको छ । दक्षिण अमेरिकी छनोट चरणमा शीर्ष चार स्थानमा रहने टोली सीधै विश्वकपमा छनोट हुनेछन् । पाँचौँ स्थानमा रहने टोलीले प्लेअफ माध्यमबाट विश्वकपको बाटो पछ्याउनेछ ।
अर्जेन्टिना दबाबमा
अंकतालिकामा अर्जेन्टिनाभन्दा माथि कोलम्बिया, उरुग्वे तथा चिली छन् । यी तीन राष्ट्रले बाँकी खेलमा शतप्रतिशत नतिजा निकाले सीधै विश्वकपमा छनोट हुनेछन् । यस किसिमको समीकरण निस्कँदा दुईपटकको विश्वच्याम्पियन्स पाँचौँ स्थानमा रहनेछ । तर, अर्जेन्टिनाले पाँचौँ स्थान सुरक्षित गर्न बाँकी रहेका चार खेलमा आफू अनुकूल नतिजा निकाल्नुपर्ने हुन्छ । चारमध्ये एक खेलमा मात्र खराब नतिजा आउँदा अर्जेन्टिनालाई इक्वेडरले उछिन्न सक्छ । यसकारण अर्जेन्टिना चर्को दबाबमा छ ।
मेसीले चार खेल गुमाए
अर्जेन्टिनी प्लेमेकर मेसीले बाँकी चारै खेल गुमाएका छन् । गत साता चिलीविरुद्धको प्रतिस्पर्धापछि मेसीले साइड लाइन्सम्यानविरुद्ध अभद्र व्यवहार गरेपछि फिफाले मेसीलाई चार अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध लगाएको हो । खेल सकिएपछि मेसीले लाइन्सम्यानसँग केही समय विवाद गरेका थिए । त्यसवेला मेसी रिसाएका देखिन्थे ।
कोलम्बिया दोस्रो स्थानमा
छनोट खेलमा कोलम्बिया इक्वेडरलाई २–० ले हराउँदै दोस्रो स्थानमा उक्लिएको छ । कोलम्बियाको जितमा रियल म्याड्रिडका स्टार जेम्स रोड्रिग्वेज र जुहान काड्राडोले एक–एक गोल गरेका थिए । खेलको ६१औँ मिनेटमा डिफेन्डर साइसेडोले रातो कार्ड खाएपछि इक्वेडर दस खेलाडीमा सीमित भयो । कोपा अमेरिका फुटबलको दुईपटकको साबिक विजेता चिलीले भेनेजुएलालाई ३–१ ले हरायो ।
Comments
अरु समाचार
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...












