डिपिएलमा रुपन्देहीको दोस्रो जित
कैलाली ३० चैत । धनगढी प्रिमियर लिग ( डीपिएल ) अन्तर्गतको पहिलो खेलमा रुपन्देही च्यालेन्जर्स विजयी भएको छ । जित हासिल गर्ने क्रममा सिआइवी अत्तरियालाई ४२ रनले पराजित गरेको छ ।
सेती अञ्चल प्रहरी मैदान धनगढीमा सम्पन्न भएको खेलमा अत्तरियाका बलरहरु निरिह बन्दा रुपन्देहीले ६ विकेट गुमाएर १२९ रन बनाएको थियो । अत्तरियाले २८ अतिरिक्त रन दिएको थियो जसमा १७ वाइड, ५ नो बल र ६ लेग बाइ छ ।
अग्रपंक्तिका ब्याट्सम्यानहरु यस्तैमा पेविलियन फर्किएपछि रुपन्देहीका राजेश पुलामी र प्रकाश केसीले छैटौं विकेटका लागि ६१ रनको साझेदारी गरेका थिए । पुलामीले ३१ तथा केसीले २९ रन बनाए । बलिङतर्फ अत्तरियाका बिनोद लामा र प्रदीप ऐरीले २ र २ विकेट लिएका थिए ।
१३० रनको लक्ष्य पछ्याउने क्रममा राष्ट्रिय टिमका उपकप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको अत्तरिया ८७ रनमै समेटियो । रुपन्देहीका बलरहरुको शानदार बलिङ आक्रमणखसामू अत्तरियाका कुनै ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् ।
कप्तान मल्लको ब्याटबाट निस्किएको ३० रन नै अत्तरियाका ब्याट्सम्यानले बनाएको सर्बाधिक रन हो । अत्तरियाका ८ खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् भने त्यसमध्ये २ जना शून्यमै आउट भएका थिए ।
बलिङतर्फ सहव आलमको प्रदर्शन उत्कृष्ट रहृयो । उनी एक्लैले ४ विकेट लिए । ४ ओभरमा आलमले १ मेडन राख्दै मात्र ८ रन खर्चिए । बिक्रम सोवले २ विकेट लिए भने कप्तान शक्तिको बलिङ पनि किफायती रहृयो । ४ ओभरमा उनले १ मेडन राख्दै मात्र ६ रन खर्चेर एक विकेट लिए ।
म्यान अफ द म्याचसमेत रहेका आलमकै उत्कृष्ट बलिङको सहयोगमा पहिलो खेलमा पनि रुपन्देहीले कञ्चनपुर आइकोनिकलाई पराजित गरेको थियो । त्यस खेलमा उनले ३ विकेट झारेका थिए । यता भने पहिलो खेलमा अत्तरियाले काठमाडौं गोल्डेन्सलाई हराएको थियो ।
Comments
अरु समाचार
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...












