सुनको थालमा महालक्ष्मी–महाभैरव जात्रा
काठमाडौँ, १९ वैशाख । प्राचिन सहर लुभूमा यस वर्ष पनि महालक्ष्मी–महाभैरवको रथ जात्रा आयोजना गरिएको छ । ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ५, ६, ७ र ८ गरी चारवटा वडाभित्रको ‘सुनको थाल’ लुभूमा प्रत्येक वर्ष अक्षय तृतीयादेखि पूर्णिमासम्म यो जात्रा मनाउने गरिन्छ ।
नेपाल संवत् ४२५ मा राजा हरिहरसिंह मल्लले लुभूको बस्ती बसालेको केही वर्षपछि उहाँकी रानी गङ्गामायाले सुनको थाल बेचेर सो स्थानको बस्तीलाई व्यवस्थित गराएकाले सो स्थानको नाम लुभू (लुँभूबाट अपभ्रंशित) हुन गएको शिलालेखमा उल्लेख छ । नेवारी भाषामा ‘लुँ’ को अर्थ सुन र ‘भू’ को अर्थ थाल हो ।
ती मल्ल राजाले करिब ३०० घर बनाई बस्ती बसालेकामा केही वर्षपछि त्यहाँका बासिन्दामा गलगाँड आउनेलगायतका समस्या देखाप¥यो । बस्ती रहेको मुन्तिर पश्चिमतर्फ गोभ्रटेश्वर महादेवको मन्दिर रहेको र मन्दिरभन्दा माथि मानव बस्ती रहनु उचित नभएको एक तान्त्रिकले जानकारी दिएपछि रानी गङ्गामायाले सुनको थाल बेचेर गोभ्रटेश्वर महादेवको मन्दिर मुन्तिर बस्ती बसाएकीले सो स्थानको नाम लुँभू हुन गएकोे शिलालेखमा उल्लेख छ ।
स्कन्दपुराणको हिमवत् खण्डमा उल्लिखित ६४ शिवलिङ्गमध्ये एक रहेको सो शिवालयमा द्वापर युगमा श्रृङ्गी नामका ऋषिले कामधेनु गाईको गोबर लिएर पूजा गरी ध्यान गर्दा आषाढ कृष्ण चतुर्दशीका रात गोबरबाट तेजस्वी लिङ्ग उत्पत्ति भएको धार्मिक कथन छ ।
लुभूको बस्ती बसालिएको केही वर्षपछि ती राजाले वैशाख सुदी ३ देखि १० सम्म महालक्ष्मी–महाभैरव जात्रा गर्ने रीत बसालेकाले त्यसैबेलादेखि यो जात्रा मनाउन थालिएको समाजसेवी तथा इन्जिनियर रामबहादुर श्रेष्ठ बताउनुहुन्छ ।
उहाँका अनुसार नेवारी भाषामा ‘भसारे’ भनिने गङ्गा महारानीको प्रतिनिधिले आदेश दिएपछि मात्र जात्रा निकाल्ने प्रचलन अद्यापि जारी छ ।
हाल भसारेका रूपमा रहनुभएका बेखानारायण श्रेष्ठ भन्नुहुन्छ – “गङ्गा महारानीको हुकुम छ रथ बाहिर निकाल्नु” भनी आदेश दिएपछि मात्र महालक्ष्मीको मन्दिरभित्र राखिएको महालक्ष्मी, गणेश र कुमारको मूर्ति निकालेर एउटा रथमा ल्याएर राख्ने र अर्को रथमा भैरव, गणेश र कुमारीको मूर्ति राख्ने काम हुन्छ । प्रत्येक वर्ष दसैँमा गरिने खड्ग जात्रा र अन्य धार्मिक कार्यमा आफूले आदेश दिएपछि मात्र कार्य प्रारम्भ गरिने उहाँ बताउनुहुन्छ ।
आठ दिनसम्म हुने सो जात्रामा पहिलो दिन मन्दिर बाहिर रथ रहेको महालक्ष्मी–महाभैरवको मूर्तिमा पूजा गरिने, दोस्रो दिनदेखि पूजा गरेर साँझपख दुवै रथ नचाएर विभिन्न टोलमा राख्ने गरिन्छ तेस्रो दिन आकाश भैरवलाई बाहिर ल्याई दुवै रथको अगाडि रथमा राख्ने गरिन्छ ।
अक्षय तृतीयाका दिन रथ निकालिने, चतुर्दशीका दिनदेखि रथ नचाउन थालिने र अष्टमीका दिन सरकारका तर्फबाट पूजा पठाइने हुँदा यी तीन दिनलाई मुख्य जात्राका रूपमा लिइने गरेको महालक्ष्मी–महाभैरवका गुठीका मुख्य थकाली इन्द्रबहादुर श्रेष्ठ नमाई बताउनुहुन्छ ।
गुठीका अध्यक्ष हरिगोविन्द श्रेष्ठका अनुसार आकाश भैरवले क्षेत्रपालका रूपमा सबैको रक्षा गर्ने धार्मिक आस्था रहेको छ र जात्रा अवधिभर अन्यत्रका देवीदेवताको पूजा पनि गर्न हुँदैन ।
लुभूवासीको इष्टदेवका रूपमा रहेको महालक्ष्मी–महाभैरवको जात्राले सांस्कृतिक एकताको भावना जगाएको छ । रासस
Comments
अरु समाचार
-
पूर्वमन्त्री खड्कालाई थुनामुक्त गर्न सर्वोच्चले दियो आदेश
काठमाडौं । सर्वोच्च अदालतले पूर्वमन्त्री दिपक खड्कालाई रिहा गर्न आदेश दिएको छ। बिहीबार सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल...
-
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरूले कानुन विपरीत उठाउँदै आएको भर्ना र अन्य शुल्क फिर्ता गराउन...
-
विद्युतीय भुक्तानी कार्डमा राष्ट्र बैंकको कडाई, एकीकृत निर्देशन २०८२ जारी
काठमाडौं । नेपाल राष्ट्र बैंक ले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२ जारी गर्दै विद्युतीय भुक्तानी कार्ड सञ्चालनमा थप स्पष्टता र...
-
आर्थिक अपराध नियन्त्रणमा प्रहरी सक्रिय, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँले एक महिना (चैत) को अवधिमा एक हजार १६६ वटा मुद्दा दर्ता गरेको छ ।...
-
डिजल/मट्टीतेलमा प्रतिलिटर ३० र हवाई इन्धनमा ५ रुपैयाँले बढ्याे, अझै अत्यधिक घाटा निगम
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले आज मध्यरातिदेखि लागू हुने गरी डिजल, मट्टीतेल र...
-
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव : हल्का वर्षा र हिमपातकाे सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको हिमाली भूभागमा साधारणतया बादल लागेको र...
-
न्यायालयमा ४० वर्ष बिताएका संखुवासभाका भण्डारी ‘सम्पत्ति छानबिन आयोग’ को संयोजक
काठमाडौं । सरकारले सम्पत्ति जाँचबुझ छानबिन आयोगको संयोजकमा संखुवासभा स्थायी घर भएका सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीलाई चयन गरेको छ...
-
यी हुन् पछिल्लो पटक मन्त्रिपरिषद् बैठकले गरेका मुख्य निर्णयहरू
काठमाडौं । अनलाइन सट्टेबाजीसँग सम्बन्धित १० हजारभन्दा बढी एप्लिकेसन (एप) र वेबसाइट (यूआरएल) बन्द गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका...
-
१० हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द
काठमाडौं । अनलाइन सट्टेबाजीसँग सम्बन्धित १० हजारभन्दा बढी एप्लिकेसन (एप) र वेबसाइट (यूआरएल) बन्द गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका...












