सुनको थालमा महालक्ष्मी–महाभैरव जात्रा
काठमाडौँ, १९ वैशाख । प्राचिन सहर लुभूमा यस वर्ष पनि महालक्ष्मी–महाभैरवको रथ जात्रा आयोजना गरिएको छ । ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ५, ६, ७ र ८ गरी चारवटा वडाभित्रको ‘सुनको थाल’ लुभूमा प्रत्येक वर्ष अक्षय तृतीयादेखि पूर्णिमासम्म यो जात्रा मनाउने गरिन्छ ।
नेपाल संवत् ४२५ मा राजा हरिहरसिंह मल्लले लुभूको बस्ती बसालेको केही वर्षपछि उहाँकी रानी गङ्गामायाले सुनको थाल बेचेर सो स्थानको बस्तीलाई व्यवस्थित गराएकाले सो स्थानको नाम लुभू (लुँभूबाट अपभ्रंशित) हुन गएको शिलालेखमा उल्लेख छ । नेवारी भाषामा ‘लुँ’ को अर्थ सुन र ‘भू’ को अर्थ थाल हो ।
ती मल्ल राजाले करिब ३०० घर बनाई बस्ती बसालेकामा केही वर्षपछि त्यहाँका बासिन्दामा गलगाँड आउनेलगायतका समस्या देखाप¥यो । बस्ती रहेको मुन्तिर पश्चिमतर्फ गोभ्रटेश्वर महादेवको मन्दिर रहेको र मन्दिरभन्दा माथि मानव बस्ती रहनु उचित नभएको एक तान्त्रिकले जानकारी दिएपछि रानी गङ्गामायाले सुनको थाल बेचेर गोभ्रटेश्वर महादेवको मन्दिर मुन्तिर बस्ती बसाएकीले सो स्थानको नाम लुँभू हुन गएकोे शिलालेखमा उल्लेख छ ।
स्कन्दपुराणको हिमवत् खण्डमा उल्लिखित ६४ शिवलिङ्गमध्ये एक रहेको सो शिवालयमा द्वापर युगमा श्रृङ्गी नामका ऋषिले कामधेनु गाईको गोबर लिएर पूजा गरी ध्यान गर्दा आषाढ कृष्ण चतुर्दशीका रात गोबरबाट तेजस्वी लिङ्ग उत्पत्ति भएको धार्मिक कथन छ ।
लुभूको बस्ती बसालिएको केही वर्षपछि ती राजाले वैशाख सुदी ३ देखि १० सम्म महालक्ष्मी–महाभैरव जात्रा गर्ने रीत बसालेकाले त्यसैबेलादेखि यो जात्रा मनाउन थालिएको समाजसेवी तथा इन्जिनियर रामबहादुर श्रेष्ठ बताउनुहुन्छ ।
उहाँका अनुसार नेवारी भाषामा ‘भसारे’ भनिने गङ्गा महारानीको प्रतिनिधिले आदेश दिएपछि मात्र जात्रा निकाल्ने प्रचलन अद्यापि जारी छ ।
हाल भसारेका रूपमा रहनुभएका बेखानारायण श्रेष्ठ भन्नुहुन्छ – “गङ्गा महारानीको हुकुम छ रथ बाहिर निकाल्नु” भनी आदेश दिएपछि मात्र महालक्ष्मीको मन्दिरभित्र राखिएको महालक्ष्मी, गणेश र कुमारको मूर्ति निकालेर एउटा रथमा ल्याएर राख्ने र अर्को रथमा भैरव, गणेश र कुमारीको मूर्ति राख्ने काम हुन्छ । प्रत्येक वर्ष दसैँमा गरिने खड्ग जात्रा र अन्य धार्मिक कार्यमा आफूले आदेश दिएपछि मात्र कार्य प्रारम्भ गरिने उहाँ बताउनुहुन्छ ।
आठ दिनसम्म हुने सो जात्रामा पहिलो दिन मन्दिर बाहिर रथ रहेको महालक्ष्मी–महाभैरवको मूर्तिमा पूजा गरिने, दोस्रो दिनदेखि पूजा गरेर साँझपख दुवै रथ नचाएर विभिन्न टोलमा राख्ने गरिन्छ तेस्रो दिन आकाश भैरवलाई बाहिर ल्याई दुवै रथको अगाडि रथमा राख्ने गरिन्छ ।
अक्षय तृतीयाका दिन रथ निकालिने, चतुर्दशीका दिनदेखि रथ नचाउन थालिने र अष्टमीका दिन सरकारका तर्फबाट पूजा पठाइने हुँदा यी तीन दिनलाई मुख्य जात्राका रूपमा लिइने गरेको महालक्ष्मी–महाभैरवका गुठीका मुख्य थकाली इन्द्रबहादुर श्रेष्ठ नमाई बताउनुहुन्छ ।
गुठीका अध्यक्ष हरिगोविन्द श्रेष्ठका अनुसार आकाश भैरवले क्षेत्रपालका रूपमा सबैको रक्षा गर्ने धार्मिक आस्था रहेको छ र जात्रा अवधिभर अन्यत्रका देवीदेवताको पूजा पनि गर्न हुँदैन ।
लुभूवासीको इष्टदेवका रूपमा रहेको महालक्ष्मी–महाभैरवको जात्राले सांस्कृतिक एकताको भावना जगाएको छ । रासस
Comments
अरु समाचार
-
चीनले तेस्रो पटक पठायो राहत सामग्री, १० फरेन्सिक विज्ञ पनि आइपुगे
काठमाडौं । रसुवा बाढीबाट प्रभावित क्षेत्रका लागि छिमेकी मुलुक चीनले उपलब्ध गराएको आपतकालीन राहत सामग्रीको तेस्रो खेप बिहीबार नेपाल आइपुगेको...
-
शेयर बजार लगातार तेस्रो दिन बढ्यो, झन्डै साढे तीन अर्बको कारोबार
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज चार दशमलव ६६ अङ्कले बढेर...
-
जलवायु संकटको मूल्य नेपालले किन चुकाउने ? : एमाले प्रचार विभाग प्रमुख आचार्य
काठमाडौँ । नेकपा (एमाले) प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जलवायु संकटको प्रमुख कारण नेपाल नभए पनि त्यसको कठोर...
-
बाढी–पहिरोले सात जिल्लाका सडक अवरुद्ध, आवागमनमा समस्या
काठमाडौँ, भदौ १८ गते । लगातारको वर्षाका कारण आएको बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्गको...
-
भोटेकोशी बाढी: ११ हजार ९९३ जनाको उद्धार, चार हजार २१६ जना अझै सम्पर्कविहीन
काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बुधबार साँझसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ । यस्तै, चार हजार...
-
फ्लाई दुबई र पोखरा महानगरपालिकाबीच सहकार्यको सम्झौता, सेप्टेम्बर २३ देखि नियमित उडान
पोखरा। फ्लाई दुबई र पोखरा महानगरपालिकाबीच सहकार्यको सम्झौता भएको छ ! पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय हवाई सेवा...
-
नेको इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख सहयोग
काठमाडौँ । नेको इन्स्योरेन्स लिमिटेडले विपदबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउनेउद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख...
-
केरुङबाट १,५०० नेपाली फर्काउने तयारी, १७६ ट्रक तथा कन्टेनर ‘डाइभर्ट’ गरिने
काठमाडौं । परराष्ट्र मन्त्रालयले चीनको तिब्बतस्थित केरुङमा करिब १ हजार ५०० नेपाली नागरिक रहेको जनाएको छ। मन्त्रालयले उनीहरूलाई स्वदेश फर्काउन...
-
पार्टीलाई ‘फुट र विभाजनतर्फ धकेल्ने षड्यन्त्र’ प्रति सचेत रहन अपिल
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले पार्टीभित्र देखिएको विवाद र गुटगत गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अध्यक्ष...












