फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी गरेका छन् ।
एमालेले सार्वजनिक गरेको अन्तरपार्टी निर्देशन (अपानि) मा अध्यक्ष ओलीले लामो बलिदानीपूर्ण संघर्षबाट प्राप्त नेपालको संविधान संकटमा परेको र लोकतान्त्रिक गणतन्त्रको भविष्यसमेत जोखिममा रहेको उल्लेख गरेका छन् ।
उनले लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई नयाँ र पुरानाको नाममा विस्थापित गर्ने षड्यन्त्र भइरहेको दाबी गरेका छन्।
यसका साथै, भू–राजनीतिक द्वन्द्वमा नेपालको भूमि दुरुपयोग गर्न चाहने स्वार्थी तत्वहरूको चलखेल बढेको र सरकारका केही गतिविधिका कारण नेपालको भौगोलिक अखण्डतामाथि समेत प्रश्न उठ्ने अवस्था सिर्जना भएको जनाएका छन् ।
ओलीले यस्तो परिस्थितिमा पार्टी आन्दोलनको मात्र नभई संविधान र लोकतान्त्रिक भविष्यको रक्षा गर्ने जिम्मेवारी पनि एमालेको काँधमा आएको बताएका छन्।
विश्व व्यवस्थामा भइरहेको परिवर्तन र त्यसका प्रभावबाट क्षेत्रीय अस्थिरता उत्पन्न हुन नदिन तथा नेपालको सार्वभौमसत्ता र अखण्डता सुरक्षित राख्न एमाले सबल र सुदृढ हुनुपर्ने उनको भनाइ छ।
अपानिमा फागुन २१ गतेको निर्वाचनको परिणामलाई ‘अस्वाभाविक’ भन्दै त्यसबाट पार्टी चिन्तित रहेको उल्लेख गरिएको छ।
निर्वाचनमा एमाले मात्र नभई अन्य प्रमुख लोकतान्त्रिक दलहरू पनि कमजोर बनेको उल्लेख गर्दै त्यसका कारण र जिम्मेवारीबारे समयक्रममा समीक्षा हुने जनाइएको छ।
अध्यक्ष ओलीले निर्वाचनपछिको निराशा र पार्टीभित्र देखिएको पलायन प्रवृत्तिलाई रोक्न आवश्यक रहेको समेत बताएका छन्।
पार्टी समीक्षा प्रक्रियामा रहेको र केन्द्रीय कमिटी बैठकबाट पुनर्गठन तथा पुनर्जागरणको कार्ययोजना अघि बढाइने उनले उल्लेख गरेका छन्।
सदस्यता नवीकरण अभियानमार्फत पार्टीलाई पुनः सुदृढ बनाउने योजना रहेको भन्दै ओलीले जति नै गम्भीर समस्या वा जटिल चुनौती भए पनि त्यसको समाधान सम्भव रहेको समेत औँल्याएका छन्।
इतिहासमा अनेकौँ चुनौती सामना गर्दै एमाले राष्ट्रिय राजनीतिको केन्द्रीय शक्तिका रूपमा स्थापित भएको स्मरण गराउँदै उनले सम्पूर्ण पार्टीपंक्तिलाई सक्रिय रूपमा काममा जुट्न आह्वान गरेका छन्।
Comments
अरु समाचार
-
दीपक भट्टसंग जोडिएका सुलभ, साहिल र ललिताविरुद्ध झण्डै २ अर्बको विदेशी मुद्रा अपचलनको मुद्दा दर्ता गरिदै
काठमाडौं । विवादास्पद व्यवसायी दीपक भट्टसंगको अवैध कारोबार र विदेशी विनिमय अपचलनको आरोपमा सुलभ अग्रवाल, साहिल अग्रवाल र ललिता अग्रवालविरुद्ध...
-
गोपनीयता चुहाउनेलाई कुनै उन्मुक्ति हुँदैन : गृहमन्त्री गुरुङ
काठमाडौं। गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल (एपीएफ) का अतिरिक्त महानिरीक्षक (एआइजी) वंशीराज दाहाललाई गरिएको निलम्बनको प्रसङ्गलाई लिएर राज्यको गोप्य...
-
आज न्यायपरिषद्को बैठकः सर्वोच्चमा ५ न्यायाधीश नियुक्ति मुख्य एजेन्डा, जुनियर पनि आकांक्षी
काठमाडौं। आज (मंगलबार) दिउँसो १ बजे बस्ने न्यायपरिषद्को बैठकले सर्वोच्च अदालतमा रिक्त रहेका न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने भएको छ...
-
विशेष अदालत थुना पठाउँदै, सर्वोच्च छोड्दै
काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका हिमालय रि-इन्स्योरेन्स कम्पनीका सञ्चालक अमित मोरलाई सर्वोच्च...
-
वरिष्ठतम् नायव महान्यायाधिवक्तामा लोकराज पराजुली
काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयका वरिष्ठतम् नायव महान्यायाधिवक्ता लोकराज पराजुली भएका छन् । निवर्तमान वरिष्ठतम् नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी यही असोज...
-
‘लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन’
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसददेखि राजनीतिक दलभित्रसम्म जनताका प्रश्न, असहमति र विचारका लागि खुला ठाउँ आवश्यक रहेको बताउनु...
-
संघीय निजामती सेवा विधेयकका प्रावधान विभेदकारी, अदालत पुगे खारेज हुनसक्छ : उमेश मैनाली
काठमाडौं । लोक सेवा आयोगका पूर्वअध्यक्ष तथा पूर्वगृहसचिव उमेश मैनालीले संसद्मा दर्ता भएको संघीय निजामती सेवा विधेयकका केही प्रावधान गैरन्यायिक,...
-
नेपाली कांग्रेसको १५ ओैं महाधिवेशनको तयारी पूरा, दिउँसो खुलामञ्चमा उदघाटन कार्यक्रम
-किशोर शर्मा (काठमाडौं )। आज असाेज १८ गतेदेखि नेपाली कांग्रेस गगन कुमार थापा पक्षकाे १५ ओैं राष्ट्रिय महाधिवेशन काठमाडौंकाे खुलामञ्चमा...
-
आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, ७ हजार पाँच सय बढी प्रतिनिधि सहभागी
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ । ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका...













