३५ वर्षमा नभएको काम ३५ मिनेटमा हुने अपेक्षा नगर्नुहोस् : प्रधानमन्त्री शाह
काठमाडौं: प्रधानमन्त्री बालेन शाहले काठमाडौंका नदी किनारका उच्च जोखिमयुक्त बस्तीहरूलाई शहरी सुरक्षा उपायअन्तर्गत स्थानान्तरण गरिएको बताएका छन्।
आइतबार प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीका सांसद आर.एन. राईले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले देशका अन्य स्थानमा जग्गा नभएका नागरिकहरूलाई जग्गा उपलब्ध गराउने विषयमा पनि सरकारले काम गरिरहेको जानकारी दिए।
उनले नदी किनारमा बसोबास गर्ने नागरिकहरू बाढीको जोखिम तथा अस्वस्थ जीवनयापनका कारण निरन्तर जोखिममा रहेको बताए। उनले भने, “नदी किनारमा बसोबास गर्दा घर बग्ने जोखिम थियो। उनीहरूको स्वास्थ्य अवस्था कमजोर थियो र फोहोर तथा प्रदूषणको प्रत्यक्ष असर उनीहरूले भोगिरहेका थिए। त्यसैले उनीहरूको जीवन रक्षा गर्न नदी किनारबाट सुरक्षित स्थानमा सारिएको हो।”
प्रधानमन्त्री शाहले विस्थापित सुकुम्बासीहरूलाई जग्गा उपलब्ध गराउने व्यवस्थाका लागि विभिन्न मन्त्रालयहरू समन्वयमा काम गरिरहेको उल्लेख गर्दै यो प्रक्रिया पूरा हुन समय लाग्ने बताए।
उनले भने, “यो काम हतारमा सम्पन्न गर्न सकिँदैन। ३५ वर्षमा हुन नसकेको काम ३५ मिनेटमै सम्पन्न हुने अपेक्षा नगरौं।”कालापानी सीमा विवाद सम्बन्धी अर्को प्रश्नको उत्तर दिँदै उनले नेपालले भारतीय अतिक्रमणबारे निरन्तर चासो व्यक्त गर्दै आएको भए पनि भारतभित्रका विभिन्न स्थानमा समेत नेपाली भूमिमा अतिक्रमण भएको भन्ने विवरणहरू प्राप्त भएको बताए।
प्रधानमन्त्रीले सहकारी ठगीका पीडितहरूलाई राहत उपलब्ध गराउन सरकारले सहकारी राहत कोषमार्फत रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाइरहेको जानकारी दिए। उनले सहकारी संस्थाहरूबाट संकलित रकम प्रभावित व्यक्तिहरूलाई वितरण गर्न थालिएको पनि बताए। उनले भने, “हामीले सहकारीहरूबाट ३ करोड रुपैयाँ संकलन गरेका छौं र उक्त रकम पीडितहरूलाई उपलब्ध गराइसकेका छौं।”
Comments
अरु समाचार
-
आपराधिक गतिविधिमा संलग्न रहेको आशंकामा पाँच बंगलादेशी नागरिक पक्राउ
काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा अवैध रूपमा बसोबास गर्दै आपराधिक गतिविधिमा संलग्न रहेको आशंकामा पाँच जना विदेशी नागरिकलाई सशस्त्र प्रहरी...
-
भक्तपुर मालपोतका नायब सुब्बासहित ६ जनाविरुद्ध १० करोड ९२ लाखभन्दा बढीको बिगो दाबीसहित मुद्दा दर्ता
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, भक्तपुरका नायब सुब्बा यदुनाथ आचार्यसहित ६ जनाविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन तथा सम्पत्ति...
-
३३ लाख रुपैयाँ घुससहित मध्यपुर थिमीका प्रमुख प्रशासकीय अधिकृत घिमिरे नियन्त्रणमा
काठमाडौं । भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सक्रियता बढाउँदै लगेको छ। यसैक्रममा मध्यपुर थिमी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज...
-
न्यायाधीशले प्रधानमन्त्रीको मान्छे भेट्दैमा महाभियोग लगाउनु प्रतिशोधपूर्ण हुन्छ : बार अध्यक्ष मिश्र
काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानमन्त्रीको मान्छे भन्दै आउनेलाई व्यक्तिलाई होटलमा भेटेको...
-
कसरी भयो बिचलन: इनमको प्रस्ताव रिट खारेज गर्ने, फुयालको आदेश रिट जारी गर्ने!
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले न्याय सम्पादनको क्रममा बिचौलियाको कुनै पनि किसिमको प्रभाव वा दबाबमा नपरेको स्पष्ट पारेका...
-
बिचौलियाको मेसेज प्रकरण : न्यायाधीश फुयालद्वारा दबाब र प्रभावबिनै न्याय सम्पादन भएको पुष्टि
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले एक कारागारमा रहेका अभियुक्तलाई धरौटीमा छोडेर बिचौलियासँग भेटघाट प्रस्ताव गरेको सन्दर्भको अन्तर्य र...
-
डा. डि.बी. सुनार : विद्यार्थी राजनीतिदेखि नीतिगत बहससम्म
काठमाडौं । नेपाली कांग्रेसका युवा तथा प्राज्ञिक व्यक्तित्व डा. डम्बर बहादुर सुनार (डा. डि.बी. सुनार) विद्यार्थी राजनीतिदेखि नै पार्टी संगठन,...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी, दीपक पुन मगरलाई २ हजार जरिवाना
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिएको ठहर गर्दै रुकुम पश्चिमका दीपक...












