रियल मड्रिड एथ्लेटिको मड्रिडसँग २–१ ले पराजित, तर फाइनलमा प्रवेश
काठमाडौं, २८ बैशाख । च्याम्पियन्स लिग फुटबलमा साबिक विजेता रियल मड्रिड पराजित भएको छ । गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा घरेलु प्रतिस्पर्धी एथ्लेटिको मड्रिडसँग २–१ ले पराजित भएको हो ।
एथ्लेटिकोसँग पराजित भएपनि रियल मडिड्र च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा भएको दोस्रो लेगमा पहिलो हाफमा नै दुई गोल गर्दै एथ्लेटिको मड्रिडले खेलमा फर्किने राम्रो प्रयास गर्यो । एथ्लेटिकोका लागि १२ औं मिनेटमा साउल निगुएज र १६ औं मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गरे ।
२–० ले पछि परेको रियलका लागि टोनी क्रसको पासमा इस्कोले ४२ औं मिनेटमा गोल गरे । करिम बेन्जिमाको सुन्दर प्रहार एथ्लेटिकोका गोलरक्षकले बचाउ गरे । एथ्लेटिकोका केविन गामेइरोले गोल गर्ने सुन्दर दुई मौका गुमाए ।
इस्काले महत्वपूर्ण अवे गोल गरेपछि अग्रता लिए पछि पहिलो लेगमा अवे मैदानमा ३–० ले पराजित भएकाले फाइनल पुग्नका लागि एथ्लेटिकोले थप तीन गोल गर्नु पर्ने थियो । तर उसले थप गोल गर्न सकेन र रियल मड्रिड समग्रमा ४–२ ले विजयी हुँदै फाइनलमा पुग्यो ।
पछिल्लो चार सिजनमा तेस्रो पटक फाइनलमा पुग्ने एथ्लेटिको सपना टुट्यो । रियल मड्रिडले अब उपाधिका लागि फाइनलमा इटालियन क्लब युभेन्टससँग आउँदो जुन ३ मा कार्डिफमा खेल्ने छ । यसपटक पनि उपाधि जिते रियल मड्रिड लगातार उपाधि जित्ने पहिलो टिम बन्नेछ ।
Comments
अरु समाचार
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...












