एसियन प्रिमियर लिग क्रिकेटका लागि आज खेलाडीको बोलकबोल
काठमाडौं, २९ जेठ । अर्को हप्ता काठमाडौंमा हुने एसियन प्रिमियर लिग क्रिकेटका लागि आज खेलाडीको बोलकबोल अर्थात अक्सन हुँदैछ ।प्रतियोगिता खेल्ने ६ वटा टिमका लागि खेलाडीको बोलकबोल मार्फत टुंगो लगाइने युएईको अल्टिमेट स्पोर्टस म्यानेजमेण्टले जनाएको छ ।
अक्सनका बारेमा आयोजकले विस्तृत जानकारी नदिए पनि प्रतियोगितामा सहभागी ६ देश बाहेकका खेलाडी पनि रहने र खेलाडीलाई तीन तहमा बाँडेर न्युनतम मुल्य तोकिएको जनाएको छ । आउँदो आइतबारदेखि सुरु हुने प्रतियोगितामा नेपाल स्ट्रोम, इण्डियन स्टार्स, बंगलादेश टाइगर्स, अफगानस्तान बुल्स, श्रीलंकन लायन्स र दुबई वारियर्सले खेल्नेछन् । नेपाली स्ट्रोमको कप्तानी युएइका स्वप्निल पाटीलले गर्नेछन भने इग्ल्याण्डका दिमित्री मास्केरान्हो मेन्टर रहने छन् ।
श्रीलंकाका हसन तिलकरत्न कप्तान रहेको इण्डियन्स स्टार्सको मेन्टरमा भारतकै अजय रात्रा रहनेछन् । त्यस्तै बंगलादेश टाइगर्सको कप्तान अल अमिन हुसेन र दक्षिण अफ्रिकाका जस्टिन केम्प्स मेन्टर रहनेछन् भने परबेज मेहरुप कप्तान रहेको श्रीलंकन लायन्सको मेन्टर दक्षिण अफ्रिकाका रुस्ती थेरोन रहनेछन् ।
यसैगरी राना नाबेद उल हसनले सम्हाल्ने अफगानस्तान बुल्सलाई पाकिस्तानका इमरान नाजिरको मेन्टरिङ रहने छ भने दुवइ वारियर्सको कप्तानमा अब्दुल सकुर र मेन्टरमा जिम्बाबेका चाल्र्स कोभेन्ट्री रहनेछन् । त्रिवि मैदान कीर्तिपुरमा हुने प्रतियोगिताका सबै खेलको प्रत्यक्ष प्रसारण भारतीय च्यानल सोनी सिक्सले गर्ने आयोजकले जनाएको छ ।
Comments
अरु समाचार
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...












