इरान विश्वकपमा छनोट, एसियाबाट पहिलो मुलुक बन्यो
काठमाडौं, ३० जेठ । इरान विश्वकप फुटबलमा छनौट हुने एसियाको पहिलो मुलुक बनेको छ । सोमबार राति भएको खेलमा उज्वेकिस्तानलाई २-० गोल अन्तरले हराउँदै इरान आउँदो वर्ष रसियामा हुने विश्वकप खेल्ने तेश्रो टिम बनेको हो । छनौट चरणबाट ब्राजिल तथा रसियाले आयोजकको नाताले विश्वकपमा यसअघि नै स्थान सुरक्षित गरेका छन् ।
इरान आउँदो वर्षको विश्वकपमा छानिने एसियाको पहिलो टिम हो । विश्वकप छनौटको तेश्रो चरणमा समूह ‘ए’मा छैटौं जित निकाल्ने क्रममा इरानले सोमबार राति उज्वेकिस्तालनई हराएको थियो । इरानको ८ खेलबाट २० अंक भएको छ । तेश्रो स्थानमा रहेको उज्वेकिस्तानको १२ अंक छ । दक्षिण कोरियाको भने ७ खेलबाट १३ अंक छ । समूहका शीर्ष दुई टिम विश्वकपमा छनौट हुन्छन् भने तेश्रो स्थानको टोलीले चौथो चरणमा प्ले अफ खेल्न पाउँछ ।
विश्वकपको एशियाली छनौटको समूह ‘बि’मा रहेका इराक र थाइल्याण्डको भने विश्वकपमा छनौट हुने सम्भावना सकिएको छ । सन् १९७८ मा पहिलो पल्ट विश्वकप खेलेको इरान विश्वकपमा छनौट भएको यो पाँचौं अवसर हो । १९७८, १९९८, २००६ र २०१४ का विश्वकप खेलेको इरान समूह चरणबाट माथि उक्लिन सकेको छैन ।
Comments
अरु समाचार
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
आईसीसी महिला टी–२० विश्वकप क्रिकेट : जित्नैपर्ने दबाबमा नेपालले स्कटल्यान्डसँग भिड्दै
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा नेपालले आज आफ्नो अन्तिम तथा निर्णायक खेलमा स्कटल्यान्डसँग खेल्दैछ । कीर्तिपुरको...
-
बंगलादेश टी-२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डले खेल्ने
काठमाडाैं सन् २०२६ को टी–२० विश्वकप क्रिकेटमा बंगलादेश सहभागी नहुने भएको छ। भारत र श्रीलंकामा हुने प्रतियोगितामा आफ्ना खेलाडी पठाउन...
-
नेपाली क्रिकेट टोली श्रीलंका ‘ए’सँग आज तेस्रो टी–२० अभ्यास खेल खेल्दै !
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीमा जुटेको नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँग आज तेस्रो तथा अन्तिम अभ्यास टी–२०...
-
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित
काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित...
-
आईसीसी महिला टी–२० विश्वकप छनोट : नेपाल थाइल्यान्डसँग पराजित
काठमाडौं । काठमाडौंमा आइतबारदेखि सुरु भएको आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको आफ्नो पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ।...
-
आईसीसी टी–२० विश्वकपका लागि नेपाली टोलीको बिदाइ
काठमाडौं । आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागी हुन जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको...
-
आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि नेपालको जर्सी सार्वजनिक !
काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा नेपाली टोलीले लगाउने जर्सी सार्वजनिक गरिएको छ। सोमबार साँझ काठमाडौंमा आयोजित विशेष...
-
आईसीसी टी–२० विश्वकप ट्रफी वसन्तपुर, बौद्धनाथ र पोखरामा प्रदर्शनी हुने
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको ट्रफी नेपालका प्रमुख पर्यटकीय तथा धार्मिक स्थलहरूमा प्रदर्शन गरिने भएको छ। ट्रफी काठमाडौंको वसन्तपुर...











