नेपाल भलिबल संघका अध्यक्ष र महासचिव नेदरल्यान्ड टुर अवलोकन भ्रमणमा
काठमाडौं, ३० जेठ । नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा र महासचिव जितेन्द्रबहादुर चन्द नेदरल्यान्ड प्रस्थान गरेका छन् । नेदरल्यान्ड भलिबल संघको निमन्त्रणामा अध्यक्ष शर्मा र महासचिव चन्द मंगलबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।
बुधबारदेखि नेदरल्यान्डमा सुरु हुने विश्व लिग भलिबल र विश्व बिच भलिबल टुरको अवलोकनका लागि शर्मा र चन्द त्यसतर्फ प्रस्थान गरेका हुन् । विश्व लिग भलिबल र बिच भलिबल टुर जुन १८ सम्म सञ्चालन हुनेछ । नेदरल्यान्ड बसाइँका क्रममा डच प्रशिक्षक म्याट भान विजलसँग सम्झौता हुने महासचिव चन्दले जानकारी दिए ।
नेपाल भलिबल संघको विशेष अनुरोधमा विश्व भलिबलको सर्वोच्च संस्था एफआइभीबीले आफ्ना इन्स्ट्रक्टर म्याट भान विजललाई नेपाल पठाउन लागेको हो । ६ दिने नेदरल्यान्ड बसाइँका क्रममा अध्यक्ष शर्मा र महासचिव चन्दले नेदरल्यान्डको भलिबल एकेडमी, जिम र अन्य भौतिक पूर्वाधारको पनि अवलोकन गर्ने कार्यक्रम रहेका छन् ।
Comments
अरु समाचार
-
अर्जेन्टिनाका मेस्सीले गरे ह्याट्रिक, उनका फ्यानहरू उत्साहित
काठमाडौं । लियोनेल मेस्सीको लगातारको उत्कृष्ट प्रदर्शन र कीर्तिमानी ह्याट्रिकका कारण उनका फ्यानहरू निकै उत्साहित भएका छन् । उनको यो...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...
-
एसियन गेम्स पुरुष क्रिकेटमा छनोट भयाे नेपाल
काठमाडौँ। नेपाल एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ ।मलेसियामा जारी छनोट खेलमा मङ्गलबार घरेलु टोली मलेसियाले चीनलाई...
-
पीएसजी लगातार दोस्रो पटक च्याम्पियन्स लिग विजेता
काठमाडाैं । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले लगातार दोस्रो पटक यूईएफए च्याम्पियन्स लिगको उपाधि जित्दै युरोपेली फुटबलमा आफ्नो वर्चस्व...
-
रविन्द्र ढाँट ‘रोड टु युएफसी सिजन ५’ को सेमिफाइनलमा
काठमाडौं । नेपाली एमएमए फाइटर रविन्द्र ढाँट युएफसीको छनोट प्रतियोगिता रोड टु युएफसी सिजन ५ को सेमिफाइनलमा प्रवेश गरेका छन्...
-
आईसीसी विश्वकप लिग–२ : नेपालकाे शानदार जित, अमेरिकालाई १२२ रनले हरायो
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबारको खेलमा नेपालले अमेरिकालाई १२२ रनले हराएको छ । ३१८ रनको लक्ष्य पछ्याएको अमेरिकालाई...












