फिफा कन्फेडेरेशन कपः शानदार जित निकाल्दै पोर्चुगल सेमिफाइनलमा प्रवेश
काठमाडौं, ११ असार । पोर्चुगल फिफा कन्फेडेरेशन कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको समूह चरणको आफ्नो अन्तिम खेलमा न्युजिल्याण्डलाई ४–० ले हराउँदै पोर्चुगलले अन्तिम चारमा स्थानमा पक्का गरेको हो । पोर्चुगलको जितमा कप्तान क्रिष्टियानो रोनाल्डो, बर्नाडो सिल्भा, आन्ड्रे सिल्भा र नानीले गोल गरे ।
न्युजिल्याण्डसँगको खेलमा रोनाल्डोलाई आराम दिइने चर्चा थियो तर उनी मैदानमा आएर टिमका लागि सुरुवाति गोल पनि गरे । ३३ औं मिनेटमा रोनाल्डोले पेनाल्टी मार्फत गरेको गोलबाट पोर्चुगलले सुरुवाति अग्रता लियो । त्यसको चार मिनेटपछि बर्नाडोले गोल गर्दै अग्रता दोब्बर पारे । ८० औं मिनेटमा आन्ड्रे सिल्भा तथा इन्जुरी समयमा नानीले गोल गरेपछि पोर्चुगल ४–० ले विजयी भयो ।
जितपछि पोर्चुगलले समूह ‘ए’ को विजेताको रुपमा अन्तिम चारमा स्थान बनाएको हो । उसले समूह चरणका तीन खेलमा दुईमा जित र एकमा बराबरी गर्दै सात अंक जोडेको छ । प्रतियोगितामा तीनै खेल गुमाएको न्युजिल्याण्ड अंकको खाता नै नखोली बाहिरिएको छ ।
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












