दोस्रो एकदिवसीय क्रिकेटमा वेष्ट इण्डिज भारतसँग १ सय ५ रनले पराजित
काठमाडौं, १२ असार । वेष्ट इण्डिजसँगको दोश्रो एकदिवसीय क्रिकेटमा भारत विजयी भएको छ । आइतबार राति भएको खेलमा भारत १ सय ५ रनले विजयी भएको हो । पहिले ब्याटिङ गरेको भारतले ३ सय १० रन बनाएको थियो । ३ सय ११ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिजलाई २ सय ५ रनमा रोक्दै भारतले १ सय ५ रनको जित हात पारेको हो ।
पानी परेपछि ४३ ओभरमा छोट्याइएको खेलमा वेष्ट इण्डिजले ६ विकेट गुमाएर २ सय ५ रन मात्र बनाउन सक्यो । उसका शइ होपले ८१ रन बनाए । भारतका कुलदीप यादवले ३ तथा भुवनेश्वर कुमारले २ विकेट लिए ।
जितसँगै भारतले ५ एकदिवसीय खेलको श्रृँखलामा १–० को अग्रता लिएको छ । पहिलो खेल वर्षाका कारण बिना नतिजा सकिएको थियो । यस्तै दक्षिण अफ्रिका संगको ट्वेण्टी–ट्वेण्टी क्रिकेट श्रृँखला इंग्ल्याण्डले २–१ ले जितेको छ ।
आइतबार राति भएको दोश्रो खेलमा १९ रनले जित्दै इंग्ल्याण्डले श्रृँखला जितेको हो । १ सय ८२ रनको लक्ष्य पछ्याएको दक्षिणफ्रिकाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६२ रन मात्र बनाउन सक्यो । पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले डेभिड मलानको विष्फोटक ब्याटिङ मद्दतमा २० ओभरमा ८ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो ।
Comments
अरु समाचार
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...












