ताजा समाचार

दक्षिण अफ्रिकासँगको पहिलो टेष्टमा इंग्ल्याण्ड २११ रनले विजयी

काठमाडौं, २६ असार । दक्षिण अफ्रिकासँगको पहिलो टेष्ट क्रिकेटमा इंग्ल्याण्ड विजयी भएको छ । चौथो दिन आइतबार राति लर्ड्समा भएको खेलमा इंग्ल्याण्ड दुई सय ११ रनले विजयी भएको हो । इंग्ल्याण्डका मोइन अलीले ६ विकेट लिँदै टिमलाई जित दिलाएका हुन् ।

दोस्रो पारीमा जितका लागि तीन सय ३१ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले सबै विकेट गुमाएर एक सय १९ रन मात्रै बनाउन सक्यो । दोस्रो पारीमा दक्षिण अफ्रिकाका तेम्बा बाभुमाले २१, भेर्नोन फिलान्डरले १९ तथा क्वीन्टन डी ककले १८ रन बनाए ।इंग्ल्याण्डका मोइन अलीले ६ तथा लियम डवसनले दुई विकेट लिए ।

इंग्ल्याण्डले दोस्रो पारीमा दुई सय ३३ तथा पहिलो पारीमा चार सय ५८ रन बनाएको थियो । दक्षिण अफ्रिकाले पहिलो पारीमा ३ सय ६१ रन बनाएको थियो । जितसँगै चार टेष्टको श्रृँखलामा इंग्ल्याण्डले १–० को अग्रता लिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org