कम्युनिटी सिल्ड फुटबलको उपाधि आर्सनलको कब्जामा, चेल्सी टाई ब्रेकरमा पराजित
काठमाडौं, २३ साउन । यो वर्षको कम्युनिटी सिल्ड फुटबलको उपाधि आर्सनलले जितेको छ । वेम्बले रंगशालामा गएराति भएको खेलमा प्रतिद्वन्द्वी चेल्सीलाई टाई ब्रेकरमा हराउँदै आर्सनलले नयाँ सिजनको पहिलो फुटबल प्रतियोगिताको रुपमा कम्युनिटी शिल्ड जितेको हो । कम्युनिटी सिल्डमा अघिल्लो सिजनको प्रिमियर लिग र एफए कप विजेताले खेल्ने प्रावधान छ ।
चेल्सीका लागि भिक्टर मोसेसले दोस्रो हाफको सुरुवातमै गोल गर्दै अग्रता दिलाएका थिए । तर खेलको ८० औं मिनेटमा चेल्सीका पेड्रो रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि चेल्सी १० जनामा समेटिएको थियो । यही अवसरको फाइदा उठाउँदै आर्सनलका नयाँ खेलाडी सिद कोलासिनाचले बराबरी गोल गरेका हुन् ।
निर्धारित ९० मिनेटको खेल १÷१ गोलको बराबरीमा सकिएपछि खेल टाई ब्रेकरमा पुगेको हो । टाई ब्रेकरमा चेल्सीका गोलरक्षक थिबाउ कोर्टुआ र स्ट्राईकर अल्भारो मोराटाको प्रहार बिफल भएपछि आर्सनलले उपाधि जितेको हो ।
चेल्सीका लागि पेनाल्टी सुटआउटमा ग्यारी केहिलले मात्र गोल गरे । आर्सनलका थियो वाल्कट, नाचो मोन्रीयाल, एलेक्स अक्सलेड चेम्बरलिन र ओलिभर जिरुले गोल गरेका थिए । जितसँगै आर्सनलले नयाँ सिजनको इङ्लिस फुटबलमा ताजा दावेदारी दिएको छ भने साविक विजेता चेल्सी अर्को हप्ता सुरु हुने लिग पूर्व नै दबाबमा आएको छ ।
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












