नेपाली कराते खेलाडी उज्ज्वल ठकुरी गिनिस बुक अफ वल्र्ड रिकर्डमा
क्यालिफोर्निया, अमेरिका, २४ असोज । कराते खेलाडी उज्ज्वल ठकुरी गिनिस बुक अफ वल्र्ड रेकर्डमा दर्ता भएका छन् । ठकुरीले गिनिज बुकमा रहेको भ्यानडम शैलीद्वारा पुरुषले अधिक वजन उठाउने विधामा ५० केजीको कीर्तिमान तोडेर ६३.५८ केजी उठाई नयाँ विश्व कीर्तिमान कायम गरेका हुन् ।
काठमाडौँमा ४२ वर्ष पहिला जन्मिएका ठकुरी अमेरिका १५ वर्ष अगाडि आएका थिए । कराते खेलमा लागेर धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जीत हासिल गरी विभिन्न पदक प्राप्त गरेका ठकुरीले वल्र्ड टाइटल बेल्ट, विश्व च्याम्पियन बेल्ट, दुई दुई राष्ट्रिय स्वर्ण पदक, अन्तर्राष्ट्रिय कप र अन्तर्राष्ट्रिय ट्रफीलगायत विविध विधामा स्वर्ण पदक जितेका छन् ।
त्यस्तै भ्यानडम शैलीमा विश्व च्याम्पियन वेल्र्ड र सर्टिफिकेटद्वारा कुरो बुशी विश्व च्याम्पियन खेलमा उनी नर्थ क्यारोलिनामा सम्मानित भएका थिए ।
करातेमा उनले आफ्नो पाँच किसिमको पृथक् विशेष आविष्कार गरेका थिए जसमा फाङ् काटा (अन्तरराष्ट्रिय अमेरिकन किक) मा अन्तरराष्ट्रिय खेलमा स्वर्ण कप हात पारेका थिए । सोही खेलमा फाँग खुकुरी काटामा रजत पदक हात पारेका उनले अर्को आविष्कार फाङ ब्रेकिङमा विश्व वेल्र्ड उपाधि प्राप्त गरेका थिए । रासस
Comments
अरु समाचार
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...












