ताजा समाचार

एएफसी यू १९ छनोट फुटबलः नेपाल किर्गिस्तानसँग २-० ले पराजित

काठमाडौं, १४ कात्तिक । एएफसी यू-१९ फुटबल च्याम्पियनसिपको छनोट चरणमा नेपाल किर्गिस्तानसँग पराजित भएको छ । नेपाल घरेलु टोली किर्गिस्तानसँग २-० गोलले पराजित भएको हो ।

किर्गिस्तानको बिस्केकस्थित डोलेन ओमुरजाकोक रंगशालामा मंगलबार बिहान भएको खेलामा नेपालले खेल सुरु भएको २१ औं मिनेटमै गोल खाएको थियो । नेपाली रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै घरेलु टोलीका स्ट्राइकर बोरुबाइभ गुल्झिगितले गोल गरे ।

त्यसयता नेपालले गोल गर्न सकेन । दोस्रो हाफमा केहि सुधारिएको प्रदर्शन गरे पनि नेपालले खेलको अन्तिम मिनेटमा दोस्रो गोल खायो । नेपाली गोलरक्षक अर्पण कार्कीको गल्तिको फाइला उठाउँदै किर्गिस्तानका शुकोरोभ अलिमार्दोनले निर्णायक गोल गरे ।

छनोट प्रतियोगिताको समूह ए मा नेपालसहित किर्गिस्तान, युएई, बहराईन र ओमान छन् । नेपालले समूहको आफ्नो दोस्रो खेल बिहीबार बहराइनसँग खेल्नेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org