विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि प्रारम्भिक टोलीको घोषणा
काठमाडौं, २२ कात्तिक । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत आउँदो महिना युएइसँग हुने खेलका लागि प्रारम्भिक नेपाली टोलीको घोषणा भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीका प्रतिनिधि अमिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित छनौट समितिले २६ जना खेलाडी छनौट गरेको हो ।
टोलीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, विनोद भण्डारी, सागर पुन, दिपेन्द्रसिंह ऐरी, सन्दिप लामिछाने, मो. आरिफ शेख, ललित भण्डारी, सुशन भारी, सुशील कँडेल रहेका छन् । त्यस्तै नरेश बुढाऐर, शक्ति गौचन, जितेन्द्र मुखिया, मेहबुब आलम, शौरभ खनाल, हसिम अन्सारी, सिद्धान्त लोहनी, दिलिप नाथ, विक्रम सोब, सुनिल धमला, अनिल मण्डल र
कुशल भुर्तेल टोलीमा परेका छन् ।
मलेसियामा हुने १९ वर्षमुनिको एशिया कप क्रिकेटमा गरेको प्रदर्शनका आधारमा १९ वर्षमुनिका दुई जना खेलाडीलाई पनि प्रारम्भिक टोलीमा थपिने छ । सबै २८ जनालाई प्रशिक्षणमा राखेर अन्तिम टोलीको घोषणा गरिने छ । नेपालले मंसिर २० र २२ गते युएईसँग उसैको घरेलु मैदान शेख जियाद स्टेडियम आबुधाबीमा खेल्नेछ ।
गएको महिना भएको छैटौं चरणको खेलमा हङकङसँग पराजित भएपछि नेपाल डिभिजन दुईमा झरिसकेको छ । ९ अंकसहित नेपाल छैटौं स्थानमा छ भने ६ अंक मात्र बटुलेको युएई पुछारमा छ । युएई र नेपालसँगै नामिबिया पनि डिभिजन दुईमा झरिसकेका छन् ।
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












