पश्चिम सेती आयोजना बनाउन प्राधिकरण र चिनियाँ थ्रि गर्जेजले संयुक्त लगानी गर्ने
काठमाडौं, ३० कात्तिक । ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागि नेपाल विद्युत प्राधिकरण र चीनको थ्रि गर्जेजबीच संयुक्त लगानी गर्ने भएका छन् । यसविषयमा विद्युत् प्राधिकरण र चिनियाँ कम्पनी थ्री गर्जेजका उच्च प्रतिनिधिबीच ज्वाइन्ट भेन्चर एग्रिमेन्ट (जेभिए) भएको छ ।
प्राधिकरणका आयोजित समारोहमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र थ्री गर्जेजका प्रतिनिधिले हस्ताक्षर गरेका छन् । बिहीबार नै जेभीए गर्ने गरी चिनियाा टोली काठमाडौं आएको थियो । जेभीएमा प्रारम्भिक हस्ताक्षर भएको १० महिनापछि मात्रै बिहीबार अन्तिम रुप दिएर फाइनल सम्झौता भएको छ ।
प्रारम्भिक सम्झौतालाई थ्रि गर्जेजको बोर्डले लामो समय पास गरेको थिएन । यसैका कारण आयोजना निर्माणको प्रक्रिया अघि बढ्न सकेको थिएन । गत ३ माघमा नेपाल विद्युत् प्राधिकरण र थ्रि गर्जेज इन्टरनेसनल कर्पोरेसनबीच पश्चिम सेती आयोजना निर्माणका लागि प्रारम्भिक जेभीए भएको थियो ।
सम्झौता भएको दुई दिनपछि नै प्राधिकरणले उक्त सम्झौतालाई अनुमोदन गरेपनि थ्रि गर्जेजले भने ढिलाई गरेको थियो । सन् १९९३ मा स्थापना भएको थ्रि गर्जेज पूर्ण सरकारी स्वामित्वको चिनियाँ कम्पनी हो । यसले चीनमा विश्वकै ठूलो २२ हजार मेगावाटको आयोजना निर्माण गरिसकेको छ ।
बुढिगण्डकी आयोजना निर्माणको लागि चिनियाँ कम्पनी गेजुवासँग गरिएको सम्झौता खारेज भएपछि तत्काल चीनियाँ कम्पनी नआउने हो कि भन्ने धेरैको आशंका थियो । तर, बिहीबार थ्रि गर्जेजको टोली काठमाडौं आएर सम्झौता गरेसँगै यो अन्यौल हटेको छ ।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...












