महिला विश्वकप छनोट क्रिकेटमा नेपालले आज चीनसँग खेल्दै
काठमाडौं, १० मंसिर । थाईल्याण्डमा जारी ट्वेन्टी ट्वेन्टी महिला विश्वकप छनोट क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा आज नेपालले चीनसँग खेल्दैछ । समूहका चार खेलबाट ४ अंक मात्रै जोडेको नेपाललाई अर्को चरणमा पुग्न आजको खेल जितेरै मात्रै पनि पुग्नेछैन, समूहका अन्य खेलमा हङकङ र युएई पराजित हुनुपर्नेछ ।
आज हङकङले आयोजक थाईल्याण्डको सामना गर्नेछ भने युएईले मलेसियाको सामना गर्नेछ । समूहका ४ खेलको समाप्तिसम्म ७ अंक जोडेको थाईल्याण्ड शीर्ष स्थानमा छ । समान खेलबाट ६ अंक जोडेको युएई दोस्रो स्थानमा छ भने तेस्रो स्थानको हङकङको ५ अंक छ । नेपालको ४ अंक मात्रै छ ।
६ टोली सहभागि प्रतियोगिताको शीर्ष दुई स्थानमा रहने टोलीले विश्वकप महिला ट्वेन्टी ट्वेन्टी क्रिकेटको ग्लोबल छनोटमा स्थान सुरक्षित गर्नेछन् । नेपालले समूहका सुरुवाती दुई खेलमा वर्षाको कारण अंक बाँड्न बाध्य भएको थियो । तेस्रो खेलमा युएईसँग ५ रनको अप्रत्याससित हार वेहोरेपछि नेपालको यात्रा कठिन बनेको हो ।
चौथो खेलमा मलेसियालाई ३३ रनले हराएपछि प्रतियोगितामा जिवित रहेको नेपालले अन्तिम खेलमा आज चीनसँग खेल्न लागेको हो । यसअघिका दुई वटै संस्करणमा चीन शिर्ष दुई स्थानमा रहँदै ग्लोबल क्वालिफायरसम्म पुगको थियो ।
Comments
अरु समाचार
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...












