पारस र ज्ञानेन्द्रबिनाको खेलमा नेपाल अमेरिकासँग ५ विकेटले पराजित
काठमाडौं, १५ मंसिर । विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत सातौं चरण खेल्न युएई भ्रमणमा रहेको नेपाल अभ्यास खेलमा पराजित भएको छ। शुक्रबार दुबईमा भएको अभ्यास खेलमा नेपाललाई अमेरिकाले ५ विकेटले पराजित गरेको हो। नेपालले दिएको ९० रनको झिनो लक्ष्य अमेरिकाले २२.३ ओभरमा ५ विकेट गुमाएर पार गर्यो।
अमेरिकाको जितमा ओपनर सइद अब्दुल्लाहले ४४ रनको बनाए। सागर पुनको बलमा आउट हुनुअघि उनले ४० बलमा ३ चौका र ३ छक्का हिर्काए। यस्तै रोए सिल्भाले नटआउट २५ तथा तमिल पटेलले नटआउट ७ रन जोडे। सिल्भाले २८ बलमा ३ छक्का प्रहार गरे
ओपनिङ ब्याट्सम्यान सागर पटेल ३ रन बनाएर खेलिरहदा सोमपाल कामीको एलबिडब्लूको धरापमा परेका थिए। सोमपालले लगत्तै निरास पटेललाई शून्य रनमा बोल्ड गरे। यस्तै इब्राहिम खालिल र म्रुनाल पटेल ४/४ रनमै पेभेलियन फर्के। बलिङतर्फ नेपालका सोमपाल कामी र सागर पुनले २/२ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कमजोर ब्याटिङको नमुना प्रस्तुत गरेको थियो। नेपाल ३६.१ ओभरमा ८९ रनमै अलआउट भयो। नेपालका लागि बसन्त रेग्मीले सर्वाधिक २१ रन जोडे। उनले ३१ बल खेल्दा २ चौका हिर्काए। ओपनिङमा आएका दिलीप नाथले १६ रन जोडे। दीपेन्द्रसिंह ऐरीले १२ तथा कुशल भुर्तेलले १० बटुले । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाएन सकेनन्।
शरद भेषावकरको कप्तानीमा उत्रिएको नेपालले युवा खेलाडीलाई मौका दिएको थियो। दिलीपसँगै अनिल कुमार साह र कुशलले पहिलो रोजाइमा खेलेपछि ब्याटिङमा जम्म सकेनन्। कप्तान शरदसँगै अनिल शून्य रनमा आउट भएका थिए। अनिललाई ११ औं ओभरमा ३० रन बनाएर खेलिरहदा पहिलो विकेटको रुपमा गुमाएपछि नेपालको विकेट पतन सुरु भएको थियो। नियमित कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, विनोद भन्डारी र शक्ति गौचनलाई आराम दिइएको थियो।
नेपाललाई सस्तैमा समेट्ने क्रममा अमेरिकाका जापेन पटेलले ४ विकेट लिए। रोए सिल्भा र नोस्तुस केन्जीले २–२ विकेट हात पारे। डिभिजन–३ मा रहेको अमेरिकाको हालका प्रशिक्षक पुबुदु दासानायके हुन्। उनी नेपालका पूर्व प्रशिक्षक हुन्।
अब नेपालले दोस्रो अभ्यास खेलमा आइतबार केन्यासँग प्रतिस्पर्धा गर्नेछ। डब्लुसिएल च्याम्पियनसिप अन्तर्गत नेपाल र युएईबीच मंसिर २० र २२ गते प्रतिस्पर्धा हुनेछ। खेल आबुधावीको शेख जायेद रंगशालामा हुनेछ। डब्लुसिएलको अन्तिम चरणअघि शीर्ष ४ मा पर्न सम्भव नभएपछि नेपाल र युएई दुवै डिभिजन–२ मा झरिसकेका छन्। त्यसैले अन्तिम चरणलाई दुवै टिमले डिभिजन–२ को तयारीको रुपमा लिएका छन्।
डिभिजन–२ प्रतियोगिता आगामी फेब्रुअरीमा नामिबियामा हुनेछ। डिभिजन–२ मा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ। डिभिजन–२ मा नेपाल, युएई, नामिबिया, क्यानडा र ओमानले खेल्ने पक्का भइसकेको छ। डब्लुसिएल च्याम्पियनसिपको शीर्ष चारभित्र पर्ने दौडमा रहेका स्कटल्यान्ड, हङकङ र केन्यामध्ये १ टिम डिभिजन–२ मा झर्नेछ।
Comments
अरु समाचार
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...












