एसीसी यू-१६ क्रिकेटको उपाधि नेपाललाई, सिंगापुर ७१ रनले पराजित
काठमाडौं, २ पुस । एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ ।आइतबार सम्पन्न फाइनल खेलमा नेपालले सिंगापुरलाई ७१ रनले हराउँदै उपाधि जितेको हो । थाइल्याण्डको टेर्डथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ६ विकेट गुमाएर १८३ रन बनाएको थियो । आपेनिङ उत्कृष्ट नभएपनि नेपालका मध्यक्रममा ब्याट्सम्यानहरुको प्रदर्शन सन्तोषजनक रहृयो ।
दोस्रो ओभरमा ओपनर कुशल मल्ल खाता नखोली आउट भएपछि आएका सुवार आयरले २२ रन जोडे । अर्का ओपनर राजन मगर दुर्भाग्यपूर्वक रनआउटको शिकार हुँदा नेपालले ५.३ ओभरमा २१ रनमात्र जोडेको थियो । त्यसपछि आएका कप्तान बिशाल केसीले ६३ रनको शानदार पारी खेले । ७९ बल खेलेर उनले ४ चौका र १ छक्का प्रहार गरे । त्यस्तै तृप्तराज दाशले १९ र सुनील भण्डारीले १५ रन नेपालको खातामा जोडे ।
सातौं नम्बरमा ब्याटिङमा आएका नारायण जोशीले विष्फोटक पारी खेल्दै नेपाललाई सम्मानित योगफलमा पुर्याए । जोशी २३ बलमा ५ चौका र १ छक्काको सहयोगमा ४६ रनमा अविजित रहे । प्रतिश जोशी पनि १० रनमा अविजित रहे ।
१८४ रनको विजयलक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको सिंगापुर ३१.५ ओभरमा ११२ रनमै समेटिएपछि नेपालको ७१ रनको शानदार जित सम्भव भयो । सिंगापुरका लागि शाही हर्ष बेनुगोपालले सर्बाधिक ३१ रन बनाए । अर्नभ राधवाले सिंगापुरका लागि २१ रन बनाए ।
सिंगापुरको इनिङ ध्वस्त पार्ने क्रममा नेपालका सूर्य तामाङ, अजयकुमार लोनियाले समान ३/३ विकेट लिए भने कुशल मल्ल र नारायण जोशीले एक एक विकेट लिए । सिंगापुरका दुई ब्याट्सम्यान रनआउट भएका थिए ।प्रतियोगिताको समूह चरणमा थाइल्याण्ड, हङकङ र म्यानमारलाई हराउँदै समूह बिजेताको रुपमा सेमिफाइनलमा पुगेको नेपालले मलेसियालाई हराउँदै फाइनलमा पुगेको थियो ।
Comments
अरु समाचार
-
अर्जेन्टिनाका मेस्सीले गरे ह्याट्रिक, उनका फ्यानहरू उत्साहित
काठमाडौं । लियोनेल मेस्सीको लगातारको उत्कृष्ट प्रदर्शन र कीर्तिमानी ह्याट्रिकका कारण उनका फ्यानहरू निकै उत्साहित भएका छन् । उनको यो...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...
-
एसियन गेम्स पुरुष क्रिकेटमा छनोट भयाे नेपाल
काठमाडौँ। नेपाल एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ ।मलेसियामा जारी छनोट खेलमा मङ्गलबार घरेलु टोली मलेसियाले चीनलाई...
-
पीएसजी लगातार दोस्रो पटक च्याम्पियन्स लिग विजेता
काठमाडाैं । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले लगातार दोस्रो पटक यूईएफए च्याम्पियन्स लिगको उपाधि जित्दै युरोपेली फुटबलमा आफ्नो वर्चस्व...
-
रविन्द्र ढाँट ‘रोड टु युएफसी सिजन ५’ को सेमिफाइनलमा
काठमाडौं । नेपाली एमएमए फाइटर रविन्द्र ढाँट युएफसीको छनोट प्रतियोगिता रोड टु युएफसी सिजन ५ को सेमिफाइनलमा प्रवेश गरेका छन्...
-
आईसीसी विश्वकप लिग–२ : नेपालकाे शानदार जित, अमेरिकालाई १२२ रनले हरायो
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबारको खेलमा नेपालले अमेरिकालाई १२२ रनले हराएको छ । ३१८ रनको लक्ष्य पछ्याएको अमेरिकालाई...












