हजारौ छोरीको स्वर्णिम भविष्य बनाउने महाअभियानमा नायिका रेखा थापा
सुर्खेत, १० पुस । नायिका रेखा थापा यतिबेला छोरीहरुको स्वर्णिम भविश्य बनाउन भन्दै देश दौडाहामा छिन् । अभिनयबाट महिला मुक्तिको वकालत गर्ने नायिका रेखा थापा यतिवेला वास्तविक जीवनमै छोरीका लागि स्वर्णिम नेपाल निर्माण अभियानका लागि देश दौडाहामा रहेकी हुन् ।
उनी वालविवाहको भयावह अवस्था रहेको पश्चिम नेपालका छोरीहरुलाई सहास दिन गाउँवस्तीमा पुगेकी छिन् । यतिवेला नायिका थापा बाँके हुँदै सुर्खेतका गाउँवस्तीमा पुगेकी छन् ।
बालबिवाह अन्त्य गर्न सुर्खेतबाट सुरु भएको ‘छोरीका निम्ति स्वर्णिम नेपाल महा-अभियान’ लाई सफल बनाउन नायिका थापा सुर्खेतका वस्तीवस्तमा पुगेकी हुन् ।
जीवन प्रशिक्षक नरबहादुर कार्कीले शुन्य लगानीमा सुरु गरेको यो अभियानलाई सफल बनाउन रेखा थापा आफ्नै लगानीमा अभियानमा सहभागी भएकी हुन् । अभियन्ता कार्कीलाई साथ दिन अभियानमा लागेकी नायिका थापाले पूर्वी सुर्खेतको विकट सिम्ता गाउँपालिकाका बालिकाहरुलाई ‘हिम्मत’ दिएकी छन् ।
‘छोरीहरु छोराभन्दा कम छैनन्, छोराहरुले जति काम गर्न सक्छन छोरीहरुले पनि उतिनै काम गर्न सक्छन्, थापाले सयौं बालिकाहरुकाबीचमा भनिन्, ‘अब सबै छोरीले हिम्मत गर्नुपर्छ, कमजोर हुनुहुँदैन ।’ यो अभियानका जन्मदाता नरबहादुर कार्कीले देशबाटै बालविवाह र महिला हिंसा अन्त्य गर्ने भन्दै नेपाललाई छोरीहरुको स्वणिर्म देश बनाउने अठोट व्यक्त गरे ।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











