डिभिजन-२ को लागि प्रारम्भिक टोली घोषणा, सागर र विनोद परेनन्
काठमाडौं, २० पुस । आगामी फेब्रुअरीमा नामिवियामा हुने वर्ल्ड क्रिकेट लिग डिभिजन-२ क्रिकेट प्रतियोगिताको लागि २१ सदस्यी प्रारम्भिक नेपाली टोली घोषणा भएको छ। नियमित रुपमा नेपाली टोलीबाट खेल्दै आएका सागर पुन र विनोद भण्डारीलाई बाहिर राख्दै नेपाली टोलीको घोषणा भएको हो।
राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटा, कप्तान पारस खड्का र आइसीसी प्रतिनिधि अमिनुल इस्लाम रहेको छनोट समितिले पहिलो चरणमा २१ खेलाडी छनोट गरेको राष्ट्रिय टिमका म्यानेजर तथा टेक्निकल एनालिस्ट रमन शिवाकोटीले जारी गरेको विज्ञप्तीमा जनाइएको छ।
यस्तै यू(१९ राष्ट्रिय टिमका स्टार रोहित कुमार पौडेल, फास्ट बलर किशोर महतो र रासिद खान तथा स्पिनर ललित नारायण राजवंशीले पहिलो पटक राष्ट्रिय टिमको सूचीमा परेका छन् । यसअघि गत वर्ष एसीसी इमर्जिङ कप खेलेका बलर दीपेश श्रेष्ठलाई पनि प्रारम्भिक सूचीमा राखिएको छ। यस्तै सुनिल धमाल, सुसन भारीले पनि सूची अटाएका छन्।
डिभिजन २ फेब्रुअरी ६ देखि १६ सम्म नामिवियामा हुँदैछ। जसमा नेपाल र आयोजक नामिवियासँगै युएई, केन्या, क्यानडा र ओमानले प्रतिस्पर्धा गर्नेछन्। त्यसमा शीर्ष दुईमा रहने टिम मार्चमा हुने वान डे वर्ल्ड कप क्वालिफायरका लागि छनोट हुनेछ।
प्रारम्भिक नेपाली टोलीमा अनिल कुमार शाह, बसन्त रेग्मी, दीलिप नाथ, दीपेन्द्र सिंह ऐरी, दिपेश श्रेष्ठ, ज्ञानेन्द्र मल्ल, करण केसी, किशोर महतो, ललित भण्डारी, ललित नारायण राजवंशी, मोहम्मद आरिफ शेख परेका छन् ।
त्यस्तै पारस खड्का, रोहित पौडेल, रसिद खान, सन्दीप लामिछाने, शक्ति गौचन, शरद भेषावकर, सिद्दान्त लोहनी, सोमपाल कामी, सुनिल धमाल र सुसन भारी प्रारम्भीक टोलीमा परेका छन् ।
Comments
अरु समाचार
-
एसियन गेम्स पुरुष क्रिकेटमा छनोट भयाे नेपाल
काठमाडौँ। नेपाल एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ ।मलेसियामा जारी छनोट खेलमा मङ्गलबार घरेलु टोली मलेसियाले चीनलाई...
-
पीएसजी लगातार दोस्रो पटक च्याम्पियन्स लिग विजेता
काठमाडाैं । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले लगातार दोस्रो पटक यूईएफए च्याम्पियन्स लिगको उपाधि जित्दै युरोपेली फुटबलमा आफ्नो वर्चस्व...
-
रविन्द्र ढाँट ‘रोड टु युएफसी सिजन ५’ को सेमिफाइनलमा
काठमाडौं । नेपाली एमएमए फाइटर रविन्द्र ढाँट युएफसीको छनोट प्रतियोगिता रोड टु युएफसी सिजन ५ को सेमिफाइनलमा प्रवेश गरेका छन्...
-
आईसीसी विश्वकप लिग–२ : नेपालकाे शानदार जित, अमेरिकालाई १२२ रनले हरायो
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबारको खेलमा नेपालले अमेरिकालाई १२२ रनले हराएको छ । ३१८ रनको लक्ष्य पछ्याएको अमेरिकालाई...
-
आईपीएलः राजस्थानले लखनऊलाई सानदारले हरायो, सुर्यवंशीले बनाए ९३ रन
जयपुर । युवा ब्याट्सम्यान वैभव सूर्यवंशीको विष्फोटक इनिङ्सको मद्दतले राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग ९आईपीएल० मा लखनऊ सुपर जाइन्ट्समाथि ७...
-
आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खला: स्कटल्यान्डलाई हराउँदै नेपाल पाँचौ स्थानमा उक्लियो
काठमाण्डाै – आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलामा नेपालले स्कटल्यान्डलाई ६ विकेटले हराएको छ । स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य नेपालले...
-
आइसिसी क्रिकेट विश्वकप लिग–२ : नेपाल र स्कटल्याण्ड भिड्दै
काठमाडौँ। आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज (सोमबार) नेपाल र स्कटल्याण्डबिच खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
-
नेपालले अमेरिकालाई ९ विकेटले हरायो, कुशल भुर्तेलको शानदार शतक
काठमाण्डाै – आईसीसी विश्वकप क्रिकेट लिग–टू शृङ्खला अन्तर्गत नेपालले अमेरिकालाई ९ विकेटले हराएको छ । आज भएको खेलमा अमेरिकाले दिएको...
-
विश्वकप क्रिकेट लिग–टु मा नेपालले आज अमेरिकासँग खेल्दै
काठमाण्डौ — आईसीसी विश्वकप क्रिकेट लिग–टु शृङ्खला अन्तर्गत नेपालले आज अमेरिकासँग खेल्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट...












