डिभिजन-२ को लागि प्रारम्भिक टोली घोषणा, सागर र विनोद परेनन्
काठमाडौं, २० पुस । आगामी फेब्रुअरीमा नामिवियामा हुने वर्ल्ड क्रिकेट लिग डिभिजन-२ क्रिकेट प्रतियोगिताको लागि २१ सदस्यी प्रारम्भिक नेपाली टोली घोषणा भएको छ। नियमित रुपमा नेपाली टोलीबाट खेल्दै आएका सागर पुन र विनोद भण्डारीलाई बाहिर राख्दै नेपाली टोलीको घोषणा भएको हो।
राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटा, कप्तान पारस खड्का र आइसीसी प्रतिनिधि अमिनुल इस्लाम रहेको छनोट समितिले पहिलो चरणमा २१ खेलाडी छनोट गरेको राष्ट्रिय टिमका म्यानेजर तथा टेक्निकल एनालिस्ट रमन शिवाकोटीले जारी गरेको विज्ञप्तीमा जनाइएको छ।
यस्तै यू(१९ राष्ट्रिय टिमका स्टार रोहित कुमार पौडेल, फास्ट बलर किशोर महतो र रासिद खान तथा स्पिनर ललित नारायण राजवंशीले पहिलो पटक राष्ट्रिय टिमको सूचीमा परेका छन् । यसअघि गत वर्ष एसीसी इमर्जिङ कप खेलेका बलर दीपेश श्रेष्ठलाई पनि प्रारम्भिक सूचीमा राखिएको छ। यस्तै सुनिल धमाल, सुसन भारीले पनि सूची अटाएका छन्।
डिभिजन २ फेब्रुअरी ६ देखि १६ सम्म नामिवियामा हुँदैछ। जसमा नेपाल र आयोजक नामिवियासँगै युएई, केन्या, क्यानडा र ओमानले प्रतिस्पर्धा गर्नेछन्। त्यसमा शीर्ष दुईमा रहने टिम मार्चमा हुने वान डे वर्ल्ड कप क्वालिफायरका लागि छनोट हुनेछ।
प्रारम्भिक नेपाली टोलीमा अनिल कुमार शाह, बसन्त रेग्मी, दीलिप नाथ, दीपेन्द्र सिंह ऐरी, दिपेश श्रेष्ठ, ज्ञानेन्द्र मल्ल, करण केसी, किशोर महतो, ललित भण्डारी, ललित नारायण राजवंशी, मोहम्मद आरिफ शेख परेका छन् ।
त्यस्तै पारस खड्का, रोहित पौडेल, रसिद खान, सन्दीप लामिछाने, शक्ति गौचन, शरद भेषावकर, सिद्दान्त लोहनी, सोमपाल कामी, सुनिल धमाल र सुसन भारी प्रारम्भीक टोलीमा परेका छन् ।
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












