मेस्सीको पारिश्रमिक हप्ताकै २४ लाख डलर, रोनाल्डोको भन्दा दोब्बर
काठमाडौं, ३० पुस । विश्व फुटवल हस्तिहरु स्ट्राइकर लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डोको पारिश्रमिक कति होला ? यो आम चासोको विषय बन्दै आएको छ । उनीहरुले खेल्ने फुटबल क्लवबाट लिने पारिश्रमिकले सबैको ध्यान तान्ने गरेका छन् ।
क्याटलान जाइन्ट बार्सिलोनासँग गएको नोभेम्बरमा नयाँ सम्झौता गरेका स्टार स्ट्राइकर लियोनल मेस्सीको पारिश्रमिक खुलेको छ । मेस्सीले बार्सिलोनासँग सन् २०२१ सम्म क्लबमा रहने गरी सम्झौता गरे पनि उनले हप्ताको कति पारिश्रमिक पाउँछन् भन्ने खुलेको थिएन । तर फुटबल लिक्सका अनुसार मेस्सीले हप्ताको २४ लाख अमेरिकी डलर पारिश्रमिक पाउँछन् ।
यसरी उनले एक वर्षमा एक सय २३ मिलियन अमेरिकी डलर कमाउँछन् । यो बालोन डी’ओर विजेता रियल मड्रिडका क्रिष्टियानो रोनाल्डोको भन्दा झण्डै दोब्बर हो । मेस्सीले पारिश्रमिक बापत वर्षमा ८६ मिलियन र बाँकी इमेज राइट मार्फत पाउने छन् ।
यस्तै उनी सम्झौता अवधिभर बार्सिलोनामै सबै भने थप ८५ मिलियन डलर पनि पाउने छन् । मेस्सीको रिलिज क्लज ८ सय ५४ मिलियन अमेरिकी डलर रहेको छ । रोनाल्डो र करिम बेन्जिमाको मात्रै यो भन्दा धेरै रिलिज क्लज रहेको छ । मेस्सीले यो सिजन क्लब र राष्ट्रिय टिमबाट गरी अहिलेसम्म ३१ खेलमा २५ गोल गरेका छन् ।
Comments
अरु समाचार
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...












