सन्दीप लामिछानेलाई अष्ट्रेलियन पूर्व क्रिकेटर रिकी पोन्टिङको प्रशिक्षण
काठमाडौं, १४ माघ । युवा क्रिकेटर सन्दिप लामिछानेलाई अष्ट्रेलियन पूर्व क्रिकेटरले प्रशिक्षण दिने भएका छन् । इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा दिल्ली डेयर डेभिल्समा आवद्ध भएका सन्दिपलाई दिल्लीका मुख्य प्रशिक्षक रिकी पोन्टिङले प्रशिक्षण दिने भएका हुन् ।
सोमबार दिल्लीले २० लाख भारुमा सन्दिपलाई टिममा किनेको थियो । अक्सनमा रिकी पोन्टिङ पनि सहभागी थिए । अष्ट्रेलियाका लागि विश्वकप जिताउने कप्तान पोन्टिङ यो वर्ष दिल्लीको प्रशिक्षक छन् । दिल्लीले अष्ट्रेलियन अलराउण्डर ग्लेन म्याक्सवेललाई पनि ९ करोड भारुको बोली लगाएर टिममा अनुबन्ध गरेको छ ।
दिल्लीले म्याक्सवेलमाथि ९ करोड बोली लगाए पनि पञ्जाव किंग्स इलावेनले राइट टु म्याच कार्ड प्रयोग गरी दिल्लीबाट उनलाई खोस्न सक्थ्यो । तर बलिउड नायिका प्रिती जिन्टाले म्याक्सवेलप्रति रुचि नदेखाएपछि म्याक्सवेल दिल्लीका सबैभन्दा महँगा खेलाडी बने ।
जिएमआर समूहको दिल्लीमा भारतका पुराना ओपनर ब्याट्सम्यान गौतम गम्भीर पनि छन् । दिल्लीले म्याक्सवेल वा गम्भीर मध्ये एक जनालाई कप्तान बनाउने छ । म्याक्सवेल कप्तान बनेमा अष्ट्रेलियन क्रिकेटर माइकल क्लार्कका प्रिय पात्र सन्दीपले अष्ट्रेलियन प्रशिक्षक र अष्ट्रेलियन खेलाडीकै छत्रछायामा आफ्नो खेल कौशल सुधार्ने मौका पाउने छन् ।
हङकङमा आफ्नो टिमबाट खेलाएको क्लार्कले सन्दीपका लागि अष्ट्रेलियामा अभ्यास गर्ने अवसर समेत दिलाएका थिए । सन्दीप दिल्लीमा छानिएकोमा क्लार्कले खुसी व्यक्त गर्दै बधाईसमेत दिएका छन् ।
http://news-nepal.com/735932/
Comments
अरु समाचार
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...












