सन्दीप लामिछानेलाई अष्ट्रेलियन पूर्व क्रिकेटर रिकी पोन्टिङको प्रशिक्षण
काठमाडौं, १४ माघ । युवा क्रिकेटर सन्दिप लामिछानेलाई अष्ट्रेलियन पूर्व क्रिकेटरले प्रशिक्षण दिने भएका छन् । इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा दिल्ली डेयर डेभिल्समा आवद्ध भएका सन्दिपलाई दिल्लीका मुख्य प्रशिक्षक रिकी पोन्टिङले प्रशिक्षण दिने भएका हुन् ।
सोमबार दिल्लीले २० लाख भारुमा सन्दिपलाई टिममा किनेको थियो । अक्सनमा रिकी पोन्टिङ पनि सहभागी थिए । अष्ट्रेलियाका लागि विश्वकप जिताउने कप्तान पोन्टिङ यो वर्ष दिल्लीको प्रशिक्षक छन् । दिल्लीले अष्ट्रेलियन अलराउण्डर ग्लेन म्याक्सवेललाई पनि ९ करोड भारुको बोली लगाएर टिममा अनुबन्ध गरेको छ ।
दिल्लीले म्याक्सवेलमाथि ९ करोड बोली लगाए पनि पञ्जाव किंग्स इलावेनले राइट टु म्याच कार्ड प्रयोग गरी दिल्लीबाट उनलाई खोस्न सक्थ्यो । तर बलिउड नायिका प्रिती जिन्टाले म्याक्सवेलप्रति रुचि नदेखाएपछि म्याक्सवेल दिल्लीका सबैभन्दा महँगा खेलाडी बने ।
जिएमआर समूहको दिल्लीमा भारतका पुराना ओपनर ब्याट्सम्यान गौतम गम्भीर पनि छन् । दिल्लीले म्याक्सवेल वा गम्भीर मध्ये एक जनालाई कप्तान बनाउने छ । म्याक्सवेल कप्तान बनेमा अष्ट्रेलियन क्रिकेटर माइकल क्लार्कका प्रिय पात्र सन्दीपले अष्ट्रेलियन प्रशिक्षक र अष्ट्रेलियन खेलाडीकै छत्रछायामा आफ्नो खेल कौशल सुधार्ने मौका पाउने छन् ।
हङकङमा आफ्नो टिमबाट खेलाएको क्लार्कले सन्दीपका लागि अष्ट्रेलियामा अभ्यास गर्ने अवसर समेत दिलाएका थिए । सन्दीप दिल्लीमा छानिएकोमा क्लार्कले खुसी व्यक्त गर्दै बधाईसमेत दिएका छन् ।
http://news-nepal.com/735932/
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












