‘धुर्मुस-सुन्तली’ ले एक करोड ३० लाख ऋण निकालेर ठड्याए सन्तपुर बस्ती (फोटो फिचर)
काठमाडौं, २२ माघ । भोली अर्थात मंगलबार हास्य कलाकार सिताराम कट्टेल आफ्नो परिश्रमको फल सन्तपुरबासीलाई सुम्पिने योजनामा छन् । त्यसको लागि उनी रौतहटको ‘एकीकृत नमूना सन्तपुर मुसहर बस्ती’ हस्तान्त्ररणका लागि तयारी गर्दैछन् ।
हास्य कलाकार दम्पती सिताराम र कुञ्जना (धुर्मुस-सुन्तली) ले दिलोज्यान दिएर बनाएको सन्तपुर मुसहर बस्ती निर्माण कार्य सकिएको छ । अब केबल उक्त बस्ती सन्तपुरबासीलाई हस्तान्तरण गर्नुमात्रै बाँकी छ । त्यसको लागि धुर्मुस सुन्तलीले भोली अर्थात माघ २३ गते विहान ११ बजे बस्ती हस्तान्तरण कार्यक्रम राखेका छन् । धुर्मुसले यसको जानकारी सामाजिक सञ्जाल फेसबुकमार्फत गराएका छन् ।
भूकम्प, बाढी पहिरो, डुबान तथा गरीबीका कारण आक्रान्त बनेका जनताका लागि सरकार मुकदर्शक बनिरहँदा तिनै जनताको मुहारमा खुसीका लागि धुर्मुस-सुन्तलीले यो कार्य गरेका हुन् । धुर्मुसले आफनो जन्मदिनको अवसर पारेर ४७ वटा घर, प्राथमिक विद्यालय, सामुदायिक भवन, मन्दिर र भ्युटावरका ५० वटा भन्दा बढी संरचना निर्माण गर्न गत असोज ४ मा बस्तीको शिलान्यास गरेका थिए।
माघ २४ गते बस्तीहस्तान्तरण गर्ने बताइएको भए पनि लक्ष्य भन्दा एक दिन अगाडि नै धुर्मुस-सुन्तलीले बस्तिको साँचो स्थानीयबासीलार्इ बुझाउँदै छन् । बस्ती पूर्णरूपमा निर्माणको लागि एक करोड ३० लाख भन्दा बढी रकम अपुग भएपनि धुर्मुसले ऋण लिएर निर्धारित समय अगावै बस्ती हस्तान्तरण गर्न खोजेका हुन् ।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











