ताजा समाचार

१६ ओभरमा नेपालको दुई विकेट गुम्यो, पहिलोमा ज्ञानेन्द्र र दोस्रोमा दिलिप आउट

काठमाडौं, २६ माघ । विश्व क्रिकेट लिग डिभिजन २ को दोस्रो खेलमा नेपाल ओमानविरुद्ध ब्याटिङ गरिरहेको छ । नेपालले आजको दोस्रो खेलमा भने खराब सुरुवात गरको छ । नेपालले १६ ओभरको समाप्तीमा दुई विकेट गुमाएको छ । पहिलो विकेटमा ज्ञानेन्द्र मल्ल ७ रनमा क्याचआउट भएा थिए ।

दोस्रो विकेटको रुपमा दिलिपनाथलाई गुमाएको छ । दिलिप नाथ १९ रन बनाएर क्याचआउट भए । उनि फियाज बटको बलमा क्याच आउट भए । उनी विहिवार नामिवियासँगको खेलमा शुन्य रनमा आउट भएका थिए ।

ज्ञानेन्द्र कालिमुल्लाहको बलमा सुल्तान अहमदद्धारा क्याच आउट भए । ज्ञानेन्द्र मल्ल विहिबार नामिबियासँगको खेलमा पनि १५ रनमा आउट भएका थिए । १६ ओभरको समाप्तिमा नेपालले २ विकेट गुमाउँदै ४२ रन बनाएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org