डिभिजन टूः यस्तो छ नेपाल र क्यानडाबीचको गणित, हारे वा जिते के हुन्छ ?
काठमाडौं, १ फागुन । आइसीसी वल्र्ड डिभिजन टू को अन्तिम खेलमा नेपालले क्यानडासँग भिड्नेछ । नामिबियामा जारी प्रतियोगितामा बुधबार शीर्ष स्थानको क्यानडासँग दोस्रो स्थानको नेपालले खेल्न लागेको हो । यो खेलको विजेता शीर्ष दुईमा रहने पक्का छ। शीर्ष दुईमा पर्ने होडमा चार टिम छन्। सोमबार भएको खेलमा पराजित भएपछि केन्या र ओमान भने एक खेलअघि नै शीर्ष दुईको होडबाट बाहिरिएका छन्।
४ खेल खेल्दा समान ६ अंक जोडेको क्यानडा र नेपाल क्रमशः पहिलो र दोस्रो स्थानमा छ। नेपालको हकमा क्यानडालाई पराजित गर्न सके अर्को महिना जिम्वावेमा हुने क्वालिफायरमा स्थान पक्का हुनेछ। क्यानडाले जित हात पारे पनि त्यहि नै हुन्छ।
त्योभन्दा अगाडि आज अर्को एउटा महत्वपूर्ण खेल हुँदैछ नामिबिया र केन्याबीच। दोस्रो चरणको यो खेल दुई पटक वर्षाले रोकेपछि आज हुँदैछ। यस खेलमा नामिबिया विजयी भए नामिबियाले पनि नेपाल र क्यानडासमान ६ अंक जोड्नेछ। जसले शीर्ष दुईको होड थप रोमाञ्चक बनाउनेछ। यदी नामिबिया केन्यासँग पराजित भएमा भने समीकरण अर्कै बन्नेछ।
बुधबार नेपाल र क्यानडासँगै नामिबिया र युएई बीचको खेल पनि हुनेछ। यी चार टिम शीर्ष दुईको होडमा छन्। यदी नामिबियाले अबको दुबै खेल जित्ने र नेपाल पराजित हुने हो भने नेपाल शीर्ष दुईमा पर्न असफल हुनेछ। नेपाल पराजित हुने र नामिबियाले आज केन्यासँग हारेर भोलि युएईलाई जितेमा पनि नेपाल र नामिबियाको अंक बराबरी हुनेछ र रनरेटको आधारमा शीर्ष दुईमा पर्ने टिमको छिनोफानो हुनेछ।
नामिबियाले दुबै खेल हार्ने र नेपाल पनि भोलि पराजित भए नेपाल र युएईको समान ६ अंक हुनेछ। यस्तो अवस्थामा पनि रनरेट निर्णायक हुनेछ। नेपालले क्यानडालाई पराजित गर्दा सिधै शीर्ष दुईमा स्थान पक्का हुनेछ अन्यथा अन्य टिमको नतिजा र रनरेट निर्णायक हुनेछ। डिभिजन टू को शीर्ष दुई स्थानमा रहने टिम अर्को महिना हुने वान डे वर्ल्ड कप क्वालिफायरमा छनोट हुनेछ। यस्तै तेस्रो र चौथो हुने टिम डिभिजन टू मै रहनेछ र पाँचौ र छैटौँ हुने टिम डिभिजन थ्री मा झर्नेछ।
Comments
अरु समाचार
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...
-
पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश, क्रोएसियालाई २–१ ले गर्यो पराजित
काठमाडौँ । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा...












