विश्वकप छनोटमा नेपाल सजिलो समूहमा, अफगानिस्तान र जिम्बाबेसँग खेल्ने
काठमाडौं, ४ फागुन । आइसिसि एकदिवसीय विश्वकप क्रिकेटको छनोटमा नेपाल र अफगानिस्तान एउटै समुहमा परेका छन् । समूह चरणको खेलमा नेपालले अफगानिस्तान , हङकङ, जिम्बावे र स्कटल्यान्डसँग खेल्ने भएको छ। बिहिबार भएको आइसिसि विश्व क्रिकेट लिग डिभिजन दुईको उपविजेता भएको नेपालले आगामी महिना जिम्बावेमा हुने एकदिवसिय विश्वकपको विश्वस्तरको छनोट अन्तर्गत समूहगत चरणको खेलमा अफगानिस्तान, हङकङ, जिम्बावे र स्कटल्यान्डसँग खेल्ने पक्का भएको हो।
नेपालले आफ्नो पहिलो खेल मार्च ४ मा जिम्बावेसँग खेल्ने छ । ८ मार्चमा स्कटल्यान्डसँग, १० मार्चमा अफगानिस्तानसँग र १२ मार्चमा हङकङसँग खेल्ने छ। लिग विजेता युएई समूह ए मा वेस्ट इन्डिज , आयरल्यान्ड, पपुआन्युगिनी र नेदरल्यान्डससँग खेल्नेछ ।
सहभागी हुने १० वटा टिमलाई २ समूहमा विभाजन गरिएको छ । समूह चरणमा सबै टिमले एकअर्कासँग १/१ खेल खेल्ने छन् जसपछि दुवै समूहबाट उत्कृष्ट-३ हुने टिम सुपर-सिक्स चरण खेल्न छनोट हुनेछन्। सुपर सिक्स चरणमा एउटा टिमले ३ वटा खेल खेल्ने छ (समुह चरणमा भेट नभएका टिमसँग मात्र)। समूह चरणमा पाएको अंक समेत सुपर सिक्स चरणमा जोडिनेछ (समूह चरणको अंक तालिकामा तलको २ स्थानमा रहेका टिमसँगको अंक बाहेक)।
सन् २०१७ सेप्टेम्बर ३० सम्म आईसीसी एकदिवसीय वरियतामा इंग्ल्याण्ड बाहेक उत्कृष्ट ७ टिम स्वतः छनोट हुने आईसीसीको ब्यवस्था अनुसार इंग्ल्याण्ड, अस्ट्रेलिया, बंगलादेश, भारत, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रीका र श्रीलंका बिश्वकप खेल्न छनोट भइसकेका छन्। वरियतामा उत्कृस्ट ७ भित्र पर्न नसकेपछि यो पटक वेस्ट इन्डिज तथा जिम्बाबे जस्ता टेस्ट राष्ट्रले पनि विश्वकप छनोट खेल्दैछन्।
त्यसबाहेक नयाँ टेस्ट राष्ट्र अफगानिस्तान, आयरल्याण्डलगायत विश्व क्रिकेट लिग च्याम्पियनसिपमा उत्कृष्ट ४ भित्र पर्न सफल टिम नेदरल्याण्ड, स्कटल्याण्ड, हङकङ र पपुवा न्युगिनी विश्वकप छनोट खेल्नेछन्। समूहको शीर्ष तीन टोली सुपर सिक्स चरणमा पुग्नेछन्। प्रतियोगितामा सहभागी हुने ६ एसोसिएट टोलीमध्ये नेदरल्यान्ड्ससहित चार टोली चार वर्षका लागि एकदिवशीय अन्तर्राष्ट्रियको मान्यता पाउनेछन्। छनोटबाट उत्कृष्ठ हुने २ टिम २०१९ मा इंग्ल्यान्डमा आयोजना हुने एकदिवसीय विश्वकप खेल्न छानिनेछन्।
Comments
अरु समाचार
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...












